काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई गैरकानुनी रूपमा थुनामा राखिखएको दाबी गर्दै सर्वोच्चमा दायर गरिएको रिट खारेज भएको छ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले प्रसाईंका छोरा निरजले दायर गरेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश पनि जारी गरेको हो। निर्देशनात्मक आदेशको विवरण भने सार्वजनिक हुन बाँकी छ।
रिट खारेज भएसँगै प्रसाईं काठमाडौँको प्रहरीको हिरासतमुक्त हुन नपाउने भएका छन्।
दुर्गाका छोरा निरजले बाबुलाई थुनामा राखिएको विरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमा प्रसाईंलाई उपस्थित गराउने आदेश भएको थियो।
प्रसाईंलाई यसपटक साइबर अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गलत भ्रम फैलाएको भन्दै प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्दै जिल्ला अदालत काठमाडौँबाट अनुसन्धानका लागि म्याद थप गरिरहेको छ।
यसअघि रास्वपाकी केन्द्रीय सदस्य ज्वाला (टीका) संग्रौलाको चरित्रहत्या गरेको आरोपमा दुर्गा पक्राउ परेका थिए।


