२०८३ कार्तिक ११ गते मङ्गलबार

धोनीले जब गावस्करको ‘मुटुनजिक’ अटोग्राफ दिए

 |  वात्सल्य राय
Sanket

वात्सल्य राय

काठमाडौँ, जेठ १
sunil

माथिको तस्विरले के बताउँछ?

हो, भारतीय क्रिकेटका ‘सुपरस्टार’ सुनील गावस्करको सर्टमा अर्का सुपरस्टार महेन्द्रसिंह धोनी अटोग्राफ दिइरहेका छन्। सुनीलकै अनुरोधमा धोनीले अटोग्राफ दिएका हुन्। त्यो पनि सुनीलले नै देखाएको ठाउँमा, अर्थात् हृदयको सबैभन्दा नजिकको ठाउँमा।

यो ‘फ्यान फलोइङ’को छोटो किस्साको मात्र कुरा होइन। यसभित्रै पूरै कहानी लुकेको छ। सायद, यो कहानी यी दुई खेलाडीले मात्र लेख्न सक्थे।

सुनील गावस्करले ब्याटका साथमा र महेन्द्र सिंह धोनीले ब्याटका साथै पञ्जा र टिमको कप्तानीले सफलताका अनगिन्ती कथाहरू निर्माण गरेका छन्। यीमध्ये धेरै कुरा अमर पनि छन्।

आइतबार राति यी दुई दिग्गज क्रिकेटर एउटै फ्रेममा आएपछि ‘पल दो पल’को कथाजस्तै लामो समयसम्मका लागि यादगार क्षण बनेको छ। यो कहानी बारम्बार दोहोर्‍याउनु क्रिकेट र आईपीएलको लागि पनि राम्रो हुने फ्यानहरुको भनाइ छ।

स्टार खेलाडीहरूबीच ‘इगो’, ‘द्वन्द्व’, ‘तँ तँ नै होस्, म नै म हुँ’, झगडा र जुत्ता देखाइदिनेजस्ता विषयका विवाद चर्चामा आइरहन्छन्। यी आरोपका कारण पनि कतिपय घटनामा आइपीएल बदनाम भएको पनि छ। यद्यपि यहाँ द्वन्द्व मात्र हुने चाहिँ होइन। जति द्वन्द्व हुन्छ त्यो भन्दा धेरै खेलाडीका भावनाका कुरा पनि हुन्छन्। फ्यानका लागि प्रिय पनि बन्छन्। १६औं सिजनमा आइपुगको आईपीएल चलिरहेका बेला यसको सकारात्मक छवि देखाउन दिग्गजद्वयको योभन्दा राम्रो तस्विर अरू हुनै सक्दैन।

आइपीएलको छवि सुधार गर्नका लागि सुनील र धोनीको तस्बिर भावपूर्ण देखिएपनि ट्वान्टी-२० लिगको छवि सुधार्न सुनीलले धोनीको अटोग्राफ मागेको जस्तो चाहिँ देखिएको थिएन। गावस्करले त्यस्तो अनुरोध गर्लान् भनेर धोनीलाई थाहा पनि थिएन। उनका लागि त्यो पल अचानक आएको थियो। तर त्यो त्यस्तो क्षण थियो, जसमा धोनी पलभरमै भावुक बने।

आइतबार कोलकाता नाइट राइडर्स (केकेआर)सँगको खेल चेन्नई सुपर किंग्स (सीएसके)को घरेलु लिगको अन्तिम खेल थियो। यस खेलमा चेन्नई ६ विकेटले पराजित भएको थियो।

खेल सकिएपछि कप्तान धोनीको नेतृत्वमा रहेको चेन्नई सुपर किंग्सको सम्पूर्ण टोली मैदानको वरिपरि घुम्दै फ्यानहरूलाई धन्यवाद दिइरहेको थियो। धोनी र उनको टोलीले पहेँलो जर्सी लगाएर चेन्नईको टोलीलाई समर्थन गर्न स्टेडियममा आइरहने प्रशंसकहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्थे। गरिरहेका पनि थिए।

एक खुट्टाको घुँडामा ‘नी-क्याप’ लगाएका कप्तान महेन्द्र सिंह धोनी दर्शकलाई धन्यवाद दिइरहेका थिए। कहिले टि-सर्ट दर्शकतर्फ फ्याँकिरहेका थिए त कहिले टेनिस बल फ्याँकिरहेका थिए।

यसैबीच, खेलको कमेन्ट्री टोलीमा रहेका भारतीय टोलीका पूर्वकप्तान सुनील गावस्कर मैदानमा आएर महेन्द्र सिंह धोनी भएतिरै दौडिए। गावस्करलाई देखेपछि धोनी रोकिए। दुवैबीच केही कुराकानी भयो। त्यसपछि धोनीलाई हेर्दै गावस्करले आफ्नो सर्टतर्फ औँला देखाए। धोनी लेख्न थाले। मुस्कानका साथमा धोनीले सर्टमा ‘माही’ लेखेका छन्। यो त्यो परिचित अटोग्राफ हो, जुन कुनै पनि धोनी प्रशंसकको लागि अमूल्य छ।

Image

त्यसपछि धोनी र गावस्करले अँगालो हाले। यसपछि गावस्कर आफ्नो बाटो लागे। धोनीले स्टेडियममा उपस्थित दर्शकहरूतर्फ चेन्नेइ सुपर किंग्सको पहेँलो टी-शर्ट र टेनिस बल फ्याँक्न थाले।

भारतीय क्रिकेटका दुवै च्याम्पियनले सामाजिक सञ्जालमा प्रभुत्व जमाएका छन्। गावस्कर केही मिनेट धोनीसँग बसे र केही समयमै दुवै खेलाडीको नाम सामाजिक सञ्जालमा ट्रेन्डिङ हुन थाल्यो।

चेन्नई सुपर किंग्सले पनि आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा गावस्करको जर्सी अटोग्राफ दिंदै धोनीको तस्बिर तस्बिर सेयर गर्दै लेख्यो, ‘यो सीधा हाम्रो हृदयमा छ!’

ट्विटरमा कतिपयले यसलाई खेलको ‘उत्तम पल’ भनेका छन् भने कतिपयले यसलाई आईपीएलको ‘उत्तम पल’ भनेका छन्।

हर्ष चोपडा नामक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘यो एमएस धोनीको विरासत हो, लिटिल मास्टर सुनील गावस्करले फ्यानले जस्तै आफ्नो सर्टमा अटोग्राफ मागेका छन्। यो आईपीएलको उत्कृष्ट क्षण हो।’


देवेन्द्र कुमार नामक एक ट्विटर प्रयोगकर्ताले लेखे, ‘सुनील गावस्करले महेन्द्र सिंह धोनीलाई आफ्नो जर्सीमा हस्ताक्षर गर्न भने। आज धेरै क्रिकेटरले धोनीको जस्तो सम्मान प्राप्त गर्दैनन्। धोनीको हस्ताक्षरले भारतीय क्रिकेटको सुनौलो पुस्तालाई बिदाई दिन्छ। यसको प्रतीक हो।’

धेरै प्रयोगकर्ताहरूले धोनीले गावस्करको सर्टमा अटोग्राफ दिएको भिडियो सेयर गरेका छन्। यो भिडियो सेयर गर्दै रोमियो नामका एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘धोनी जस्ता खेलाडी शताब्दीमा एकपटक आउँछन्। सुनील गावस्कर र कपिल देवले उनलाई सधैं भारतको महान् क्रिकेटर भनेका छन्।’

गावस्कर र धोनी
आइतबार राती धोनी र गावस्करको तस्बिर भाइरल भइरहेको छ। यी दुवैका फलोअरलाई यो तस्बिर झनै मन परेको छ। उनीहरु दुवैको स्टाइल देखेर फ्यानहरू अचम्ममा भने परेका छैनन्।

गावस्करलाई जेन्टलम्यान गेम (क्रिकेट) को सबैभन्दा ठूलो ब्रान्ड एम्बेसडरको रूपमा हेरिन्छ।
सन् १९७० र १९८० को दशकमा आफ्नो ब्याटले रनको वर्षाएका गावस्करलाई टेस्ट क्रिकेटमा १० हजार रनको कोसेढुङ्गा पार गर्ने पहिलो ब्याट्सम्यान र टेस्ट शतकको कीर्तिमान बनाउने खेलाडीको रूपमा स्मरण गरिन्छ।

वेस्ट इन्डिजसहित विश्वभरका तुफानी बलरको ध्वस्त पार्ने गावस्करको ख्याति जति छ, त्यति नै उनले आउट भएपछि अम्पायरले औँला उठाउने प्रतीक्षासम्म पनि नगरेको चर्चा पनि हुने गरेको छ। आफू आउट भएको महसुस भएपछि उनी आफैँ क्रिज छाडेर बाहिरिएका थिए।

अर्कोतर्फ कप्तानका रूपमा हरेक आईसीसी ट्रफी जित्ने महेन्द्र सिंह धोनीले सफलतापछि पनि मैदानमा आफ्नो मनोवृत्ति सन्तुलित राखेका छन्। मैदानमा उनी कहिल्यै रिसाएको वा भावनामा बगेको देखिँदैन। त्यसैले उनलाई ‘क्याप्टेन कूल’ उपनाम पनि दिइएको छ।

जब गावस्करले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल सन् १९८७ मा खेलेका थिए, धोनी मात्र ६ वर्षका थिए। गावस्करलाई आफ्नो दिमागमा खेलिरहेको देखेको सायद कुनै सम्झना छैन, तर गावस्करले धोनीको सम्पूर्ण करियरलाई नजिकबाट नियालेका छन्। सुनील धोनीको खेलकौशलका ठूला फ्यान हुन् र धेरै पटक भनेका पनि छन्।

मिडिया रिपोर्टका अनुसार गावस्करले एक पटक धोनीलाई भनेका थिए, ‘यदि मसँग यो संसारमा केही मिनेट मात्र बाँकी छ भने, म कसैलाई त्यो सट लिन (२०११ को विश्वकप फाइनलमा धोनीको छक्का जितेको भिडियो) लिन भन्न चाहन्छु। किनभने म चाहन्छु। त्यो शट हेरेर मात्र यो संसारलाई बिदाइ गर्न। यो राम्रो तरिका हुनेछ, म मेरो अनुहारमा मुस्कान लिएर जानेछु।’

विवाद पनि
आइपीएलको १६औं सिजनमा नै केही खेलपहिले एक जना वर्तमान र एक जना पूर्वखेलाडीबीच झगडा भएको थियो। उक्त झगडा क्यामेरामा कैद भएको थियो। यसपछि दुवैलाई जरिवाना गरिएको थियो।

सो घटनालाई लिएर सामाजिक सञ्जालमा बहस भएको थियो। त्यो चर्को बहसको प्रभाव अहिले पनि देखिन थालेको छ। सो घटनासँग सम्बन्धित खेलाडी सामाजिक सञ्जालमा एकअर्काका बारेमा टिप्पणी गरिरहेका देखिन्छन्।

भारतीय क्रिकेटमा अर्को पनि एउटा किस्सा चल्ने गरेको छ। दुई दिग्गज खेलाडी एकअर्कासँग हात मिलाउन इन्कार गरेको कथा पनि उतिकै चर्चामा आएको थियो। त्यसपछि इन्स्टाग्राममा एकअर्कालाई अनफलो गर्ने चर्चा पनि चुलियो। सञ्चारमाध्यममा पनि यसको चर्चा भयो।

त्यसपछि भएको अर्को खेलमा ती दुवै खेलाडीले हात मिलाएका थीए। अँगालो हालेका थिए। फेरि हात मिलाएर अँगालो हालेका तस्बिर पनि भाइरल भए। तर विवादको छाया भने हटेन।

केकेआरको जित
आइतबारको खेलमा कोलकाता नाइट राइडर्सका स्टार रिंकु सिंह फेरि आफ्नो टोलीको जितको नायक बनेका छन्। चेन्नईले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान नीतीश राणाले अविजित ५७ रन बनाएपनि खेलको म्यान अफ द म्याच रिंकु सिंह चुनिए। रिंकुले ४३ बल खर्चेर ५४ रन जोडेका थिए। केकेआर टोलीले ३३ रनमा तीन विकेट गुमाएको बेला रिंकुले ४३ बलमा ५४ रनको धमाकेदार इनिङ खेलेका थिए। रिंकुले राणासँग ९९ रनको साझेदारी गर्दै चेन्नईलाई खेलबाट बाहिर गराएका थिए।

पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो। चेन्नईका कप्तान धोनीले राति मैदानमा परेको शीतलाई आफ्नो टोलीको हारको कारण बताए।

यसै क्रममा रिंकुले निकै मिहिनेतपछि यो बिन्दुमा पुगेको बताए। ‘निरन्तर राम्रो ब्याटिङले मेरो आत्मविश्वास बढाएको छ,’ खेलपछि उनले प्रतिक्रिया दिएका छन्।

आइतबारको हारपछि पनि चेन्नईको टोली १५ अंकसहित अंक तालिकामा दोस्रो स्थानमा छ। योसँगै केकेआर १२ अंकसहित सातौं स्थानमा छ। केकेआरले अब एक खेल खेल्नुपर्नेछ। यस्तो अवस्थामा उनीहरुको खातामा अधिकतम १४ अंक हुन सक्छ र त्यस अवस्थामा प्लेअफमा उनीहरुको प्रगति अन्य टोलीको प्रदर्शनले निर्धारण गर्नेछ।

(बीबीसी हिन्दीबाट भावानुवाद गरिएको)

प्रकाशित: २०८० जेठ १ गते सोमबार ०९:४२
Sanket

वात्सल्य राय

राय बीबीसीका संवाददाता हुन्।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना