काठमाडौँ– फुट-टेक फुटसल प्रतियोगितमा रुटिन अफ नेपाल बन्द (आरओएनबी) विजी भएको छ।वैशाख ३० मा सम्पन्न आईटी/टेक/डिजिटल क्षेत्रका ३२ कम्पनी सहभागी प्रतियोगिता धन्वन्तरी फुटसल, हाँडीगाउँमा सम्पन्न भएको थियो।
पुरुषतर्फको फाइनलमा आइएमई ग्रुपविरुद्धको फाइनलमा रुटिन अफ नेपाल बन्द विजयी भएको हो। प्रतियोगितमा महिलातर्फको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ।
फुट-टेक फुटसलको पहिलो संस्करण कार्यक्रम वार्षिक रूपमा गरिने आयोजक लेट्स प्ले स्पोर्टसले जानकारी दिएको छ।
‘प्रतियोगिताको सफलताबाट हामी हर्षित छौं।विजेता टोलीहरूलाई बधाई दिन चाहन्छौं,’ कार्यक्रममा आयोजक लेट्स प्ले स्पोर्टस्का नरेश खनालले भने, ‘यो प्रतियोगिताले सूचना प्रविधि क्षेत्रका कम्पनीहरूलाई एकअर्कासँग जोड्दै स्वस्थ र सक्रिय जीवनशैली प्रवर्द्धनका लागि योगदान गर्ने अवसर प्रदान गरेको छ।’
‘म सतर्क छु’ अभियानको एक पक्ष फुटसल भएको आयोजकको भनाइ छ। डिजिटल साक्षरता र इन्टरनेट सुरक्षाको बारेमा आमजनतामा चेतना जगाउने उद्देश्यले अभियान सुरु गरिएको हो।


