२०८३ कार्तिक १९ गते बुधबार

जनकपुरमा भव्य विवाह पञ्चमी उत्सव

 |  निरञ्जनकुमार साह
Sanket

निरञ्जनकुमार साह

काठमाडौँ, मङ्सिर २१
bibaha_panchami (3)
विवाह पञ्चमी धनुषाधाम, २१ मङ्सिरः विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित ब्राहविघा रङ्गभूमि मैदानमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको स्वयम्बर हेर्ने भक्तजनको भीड । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीराम र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइन्छ । तस्बिरः अमरेन्द्रकुमार यादव÷रासस

महेन्द्रनगर (धनुषा)- जनकपुरधाममा सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्रांग्रणमै विवाह मण्डप बनाइएको छ। जानकी मन्दिरको प्रांगणमा हुने वैवाहिक कार्यक्रमका लागि हजारौँ श्रद्धालु यहाँ आइपुगेका छन्। जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा उल्लेख्य दर्शनार्थी जनकपुरधाम आएका छन्।

त्रेता युगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्न नेपाल र भारतका साथै तेस्रो मुलुकबाट समेत दर्शनार्थी जनकपुरधाम आइपुगेका छन्। प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने जन्ती पनि यहाँ आएका छन्। अयोध्याबाट राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, अयोध्याका नगरप्रमुख गिरिशपति त्रिपाठी, विश्व हिन्दू परिषद्का केन्द्रिय मन्त्री राजेन्द्रसिंह पंकजसहितको टोली पनि यहाँ आइपुगेको छ।

जकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा प्रत्येक वर्ष वैवाहिक कार्यक्रमको आयोजना हुने गर्छ। वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जस्तै मण्डप सजाइन्छ। जनकपुरधामस्थित जानकी मन्दिरलाई मिथिला दरबारको रुपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारको रुपमा लिइन्छ। जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ सिँगारिएको छ।

जानकी मन्दिरका महन्त रामतपेश्वरदास वैष्णवले भने, ‘यहाँ आउने दर्शनार्थीलाई छोरीको बिहेको आयोजना गरिरहेको जस्तै अनुभव हुन्छ।’ महन्त दास बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा छन्। राम मन्दिरका महन्तबाबा राम गिरी राजा दशरथको भूमिकामा छन्। महन्त गिरिले भने, ‘सीताजस्ती बुहारी पाउने भएपछि हर्षविभोर हुनु स्वभाविक नै हो।’

त्रेता युगमा अयोध्या नरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रुपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शनविधि गरिन्छ। यसमा राम लक्ष्मणको प्रतीकस्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाममा नगरदर्शन गराइन्छ।

विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित ब्राहविघा रङ्गभूमि मैदानमा राखिएको मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको डोला। तस्बिर : अमरेन्द्रकुमार यादव/रासस

विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लीला हो। फूलबारी लीलामा राम जानकीको पहिलो भेट गराइन्छ। त्रेतायुगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्रांगणमा रहेको फूलबारीमा भएको जानकार डा राजेन्द्र विमल बताउँछन्। यो विधि जानकी मन्दिरकै छेउमै रहेको विवाहमण्डपको फूलबारीमा गर्ने गरिन्छ।

तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ। माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने बचन लिएर धनुषयज्ञको आयोजन गरिएको संकृतीविद् एवं पण्डित मुकेश प्रतिहस्त बताउँछन्। त्रेता युगमा सो धनुष यज्ञको आयोजन रंगभूमि मैदान १२ बिघामा भएको जनविश्वास छ। सोही स्मरणमा धनुष यज्ञविधि सम्पन्न गरिन्छ। महोत्सवको चौथो दिन राममन्दिरको प्रांगणमा हजारौँ श्रद्धालुबीच तिलकोत्सव विधि सम्पन्न हुन्छ।

अयोध्याबाट जन्तीको नेतृत्व गरी आएका रामजन्मभूमि ट्रष्टका महासचिव रायले विवाहपञ्चमी महोत्सवले नेपाल र भारत बीचको प्राचीन सम्बन्धलाई नयाँ स्तरमा अझ बढी प्रगाढ बनाउने काम गर्ने बताउँछन्। अयोध्याका नगरप्रमुख त्रिपाठीले विवाहपञ्चमी महोत्सवले नेपाल र भारतको सांस्कृतिक, धार्मिक तथा भावनात्मक एकतालाई प्रगाढ बनाएर जीवन्त बनाउने काम गरेको बताउँछन्।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महोत्सवको धार्मिकता, पौराणिकता र सांस्कृतिक वैशिष्ठ्यलाई अक्षुण राख्न तथा पर्वप्रति विद्यमान गहिरो आस्था अभिव्यक्त गर्न आज हरेक घरमा दीपोत्सव गर्न जनकपुरधामवासीलाई आह्वान गरेका छन्। उनले विवाहपञ्चमीका दिन एघार वा एक्काइसवटा दीप भए पनि जनकपुरधामका प्रत्येक घरआँगनमा जलाएर रामजानकी विवाहप्रतिको श्रद्धाभक्ति तथा अनुष्ठान परम्परालाई थप भव्य बनाउन आग्रह गरे। देश तथा विदेशका विभिन्न ठाउँबाट मेला भर्न जनकपुरधाम आएका श्रद्धालु भक्तजनलाई आफ्नै घरमा भए पनि बासको व्यवस्थापनमा सघाउन मुख्यमन्त्री सिँहले जनकपुरधामवासीसँग आग्रह गरेका छन्।

मेला हेर्न उत्तर प्रदेशको बोकडाबाट आएका ५८ वर्षीय भोला यादवलेले भने, ‘जनकपुरधामको नाम मात्रै सुनेको थिए, आज प्रयक्ष हेर्न पाए। मन गदगद भएको छ।’

तिलकोत्सवमा जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर आउँछ। जहाँ जानकी मन्दिरका महन्त र राम मन्दिरका महन्तबीच अंकमाल (समधि मिलन) हुन्छ। तिलकोत्सवमा सहभागी महिलाहरु रामजानकीको बिहेका गीत गाउँछन् भने हाँस्यपरिहासको माहौलसमेत हुन्छ। जसरी मिथिलामा समधीलाई विभिन्न किसिमको गाली गरिन्छ त्यसरी नै मन्दिरमा समेत दुबै पक्षबाट गालीसहित ठट्टा गरिन्छ।

विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित ब्राहविघा रङ्गभूमि मैदानमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको स्वयम्बर हेर्ने भक्तजनको भीड । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीराम र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइन्छ । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस

राम मन्दिरका महन्त राम गिरीका अनुसार समधी मिलन कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त, पूजारी सहभागी हुने गर्दछन् भने राम मन्दिरबाट महन्त स्वयम, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरु सहभागी हुन्छन्। महोत्सवको पाँचौ दिन मटकोर विधि हुन्छ। मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाले जनकपुरधामकै पवित्र सरोवर रहेको गंगासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाच गाउँदै माटो खनेर ल्याउने गर्दछन्। सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ।

छैँठौ दिन आज ऐतिहासिक रंगभूमि मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ। आजै राति वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ। स्वयम्बरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा पुग्ने गर्छ। स्वयम्बरपछि दुवै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ।

आज राति हुने सो वैवाहिक कार्यक्रममा महिला विवाहका गीत गाउने गर्छन्। विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तलाई भोजन गराउँदै बिदाइ गरिन्छ। इसलाई रामकलेवा भनिन्छ। रामकलेवामा बेहुला पक्षबाट आएकालाई गाली गर्नेसमेत परम्परा रहेको छ। मन्दिरका पूजारी तथा मिथिलाका नारी गीतकै माध्यमबाट गाली गर्ने गर्छन्। जसले अदभूत वातावरणको निर्माण गर्छ।

प्रकाशित: २०८१ मङ्सिर २१ गते शुक्रबार ०५:४२
प्रतिक्रिया

थप समाचार

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

८० वर्षीय गोविन्दबहादुरको रहरलाग्दो सुपारीखेती …

उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन्। डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ। लहरै लाइन मिलाएर...

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते

काठमाडौँ: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी...

तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौँका ३३ स्थान तोकिए

काठमाडौँः काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरणका लागि महानगर क्षेत्रभित्रका ३३ स्थान तोकेको छ। महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा...

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना