काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले पोखरा एभेन्जर्स समक्ष १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनायो।
विराटनगरका लागि स्कट एडवार्डले ४५ रन बनाउँदा लोकेश बमले २६ रन बनाए। त्यस्तै निकोलस किर्टनले १९ रन बनाउँदा बसिर अहमदले २१ रन बनाएर अविजित रहे।
पोखराका लागि सागर ढकालले २ विकेट लिँदा रेमन रेइफर, दिनेश खरेल र कुशल भुर्तेलले समान १-१ विकेट लिए।
चार खेल खेलिसक्कदा पोखरा र विराटनगरले समान १ खेल जित्दै २ अंक मात्र जोडेका छन्। दुवै टिमलाई आज दुई अंक उतिकै आवश्यक छ।


