२०८३ कार्तिक १४ गते शुक्रबार

विराटनगरमा उत्साह [फोटो फिचर]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २८
brt_wins-4

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार भएको खेलमा चितवन राइनोजविरुद्ध ५१ रनको जित निकालेपछि विराटनगर किङ्स उत्साहित भएको छ।

१८२ रनको लक्ष्य पाएको चितवनले ६ विकेट गुमाएर १३० रनमा सीमित भएपछि विराटनगले फराकिलो जित दर्ता गरेपछि उसमा खुशी भरिएको हो। यसअघि अंकतालिकाको पुछारमा रहेको टोली तालिकामा ४ अंकका साथ पाँचौँ स्थानमा पुगेको छ।

विराटनगरले ६ खेल खेल्दा ४ वटामा पराजित भएको छ। यद्यपि ५-५ खेल खेलेका काठमाडौँ र पोखराले पनि समान ४ अंकका साथ पछ्याइरहेका छन्।

विराटनगरका लागि बसिर अहमदले  ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नटआउट रहे। मार्टिन गुप्टिलले ४५ रन बनाउँदा राजेश पुलामीले ३३ रन जोडेका थिए।

चितवनका रिजन ढकालले २ विकेट लिँदा बसिल हमीद, सोयाइल तनवीर र कुशल मल्लले एकएक विकेट लिएका थिए।

चितवनका लागि अमर रौतेलाले ४२ रन, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन जोडेका थिए।

यता विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई विकेट लिँदा, बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले समान एक-एक विकेट हात पारे।

विराटनगरका बसिरले एकै बलमा कसरी बनाए १५ रन?
खेलमा  विराटनगरका बसिर अहमदले एकै बलमा १५ रन बनाए। एनपीएलमा एकै बलमा सबैभन्दा बढी रन जोडेर कीर्तिमान बनाएका हुन्। चितवनका बलर अमर सिंह राउटेलाको ओभरमा विराटनगरका बसिरले एकै बलमा १५ रन बनाएका हुन्।

खेलको ११औं ओभरमा बलिङ गर्न आएका राउटेलाको बलमा बसिरले छक्का हाने। उक्त बल ‘नो बल’ भयो। यसरी उनले ७ रन जोडिसकेका थिए। नो बल बनेपछि राउटेलाले फेरि बलिङ गर्नुपर्ने भयो। त्यसमा बसिरले २ रन बनाइदिए। तर फेरि ‘नो बल’ भयो। ‘नो बल’ हुँदा कुल ३ रन आयो। यसरी १० रन पुगिसकेको थियो। राउटेलाले फेरि बल फाल्नुपर्‍यो। त्यो बल पनि ‘नो बल’ हुँदा १ रन आयो। यसरी ११ रन बनिसकेको थियो। ३ पटक ‘नो बल’ फालेपछि फेरि राउटेलाले गरेको लेगल डेलिभरीमा बसिरले चौका पड्काए। यसरी एउटै बलका लागि राउटेलाले चार पटक बलिङ गर्नपुर्‍यो। एकै बलमा बसिरले १५ रन जोडिदिए।

राउटेलाले गरेको ११औँ ओभरमा मात्र २२ रन खर्चिएका थिए।

यसअघि एनपीएलमा एकै बलमा ११ रन बनेको थियो। जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्धको उद्घाटन खेलमै एकै बलमा ११ रन जोडेको थियो।

विराटनगरका क्रिस सोल बलिङमा थिए। जनकपुरका कप्तान अनिल शाह स्ट्राइकमा हुँदा पहिलो बल वाइड चौका बन्दा जनकपुरले ५ रन जोड्यो। यस्तै त्यसपछि पनि सोलले वाइड बल फाल्दा विराटनगरले एक रन पाएको थियो। फेरि लेगल डेलीभरी गर्दा जनकपुरले ५ रन जोडेको थियो। यसरी उसले ११ रन बनाएको थियो।

तस्बिरहरु

प्रकाशित: २०८१ मङ्सिर २८ गते शुक्रबार ०४:४८
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना