२०८३ कार्तिक २२ गते शनिवार

काठमाडौँ महानगरले थाल्यो कालोपत्रे सडकको गुणस्तर परीक्षण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ८
KTMroad (2)

काठमाडौँ– महानगरपालिकाले कालोपत्रे सडकको गुणस्तर परीक्षण सुरु गरेको छ। सडकको गुणस्तर यकिन गर्न कोर कटिङ परीक्षणका लागि नमुना प्रयोगशालामा पठाउन थालिएको महानगरले जानकारी दिएको हो।

यो परीक्षणले सडक पिच गर्न प्रयोग गरिएको बिटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन (खँदिलोपना), निर्माण सामग्रीको मिश्रणलगायतका अवयवको परीक्षण हुन्छ।

यसरी नमुना संकलन गर्दा सडकको दायाँ भाग, केन्द्र भाग र बायाँ भागलगायत विभिन्न स्थानबाट परीक्षणका लागि कटिङ् गर्ने गरिएको छ। महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलको नेतृत्वमा योजना अनुगमन गर्न डल्लु आवास क्षेत्रमा पुगेका पदाधिकारीलाई सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले गुणस्तर कायम गराउन अपनाइएको विधिका विषयमा जानकारी दिए।

‘योजना सम्पन्न भएपछि यसको गुणस्तर सुनिश्चित गर्न प्रचलित कानुनले दिएका सूचकहरुको पूर्ण कार्यान्वयन गर्नुहोला,’ अनुगमनका क्रममा उपप्रमुख डंगोलले भनिन्, ‘हामीले खोजेको नतिजा योजना कार्यान्वयन हुनु मात्र होइन, यसको दिगो र सुलभ उपयोग पनि हो। सार्वजनिक निर्माण कार्य गर्दा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, असक्त व्यक्ति, बालबालिका सबैले प्रयोग गर्न सक्ने र सुरक्षित हुनुपर्छ। निर्माण मात्र होइन अव पहुँचयुक्त निर्माणमा काम गर्नुपर्छ।’

पछिल्लो अनुगमनका क्रममा धुलोरहित सडक कार्यक्रमअन्तर्गत वडा नं. ४ का सडकहरु हेरिएको थियो। यस वडामा ११ वटा मार्ग (४ हजार ४९१ मिटर) सडकमा काम भइरहेको छ। आनन्दमाया मार्ग, दिपज्योति मार्ग, बराह मार्ग, टुँडालदेवी मार्ग, सरस्वती मार्ग, गीताञ्जली मार्ग, तल्लो टुँडालदेवी मार्ग, शान्तिप्रिय मार्ग, धारा मार्ग, लाम्टाङ् मार्ग, ज्ञानज्योती मार्ग यस क्षेत्रमा काम भइरहेका मार्ग हुन्।

‘सहरलाई धुलोरहित बनाउन महानगरपालिकाले पूर्वाधार निर्माण गरेपछि यसको उपयोगमा स्थानीयबासीबाट पूरा गर्नु पर्ने दायित्व पनि छन्,’ वडा नं. ४ का अध्यक्ष दिनेश महर्जन भन्छन्, ‘घर, पसल वा व्यवसायको भुइँ बढारेको उत्पादन भएको धुलो सडक र नालीमा फाल्ने आचरणमा सुधार आउनुपर्छ। धुलोरहित कार्यक्रमको दिगो प्रयास यहीँबाट सुरु हुन्छ।’

मागका आधारमा तत्काल सडक मर्मत गर्न महानगरपालिकाले एउटै प्याकेजमा बोलपत्र माग गरेको थियो। यसमा छानिएको गणेश एन्ड गंगा, रमिला जेभिसँग २०८० फागुन २३ गते सम्झौता भएको थियो। करिब १२ करोड ६५ लाख रुपैयाँ लागत रहेको यो योजना २०८१ फागुन मसान्तसम्मका लागि हो। यसअन्तर्गत अहिलेसम्म करिब १२ किलोमिटर मार्गको स्तरोन्नति र मर्मत भएको छ।

वडा नं. १५ स्वयम्भू क्षेत्रमा पर्ने, आदिकवि मार्ग, स्वयम्भू मार्ग, परिक्रमा मार्ग, सिद्धिचरण मार्ग, विजेश्वरी उकालो, डल्लु चौताराबाट डल्लु पुल, लखतीर्थ मार्ग, ससुख्वाट मार्ग, सैनिक स्कूल मार्ग र धुम्बाखेल विष्णुमती रोड मर्मत सम्भार प्याकेजअन्तर्गतकै हो। यस वडामा करिब ६ किलोमिटर सडकमा काम भइरहेको छ।

पूर्वाधार सुधार गरेर काठमाडौँलाई धुलोरहित सहर बनाउने महानगरपालिकाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने वहुवर्षीय योजना हो। यसका लागि हरेक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

महानगरपालिकाको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ। यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१, ३२ पर्छन्। यी वडामा काम गर्न करिव ९० करोड रुपैयाँको लागत अनुमान गरिएको छ। सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ। कामको जिम्मा वर्ल्डवाइड-कोहिनुर-रमिता जेभीले पाएको छ। निर्माण कम्पनीसँग २०८१ असोज १४ गते सम्झौता भएको हो। सम्झौताको अवधि २०८३ असार मसान्तसम्म छ।

यस्तै वडा नं. ६, ९ र ३२ मा काम भइरहेको छ। करिब ३ सय मिटर ढल निर्माण अहिलेको प्रगति हो, सार्वजनिक निर्माण विभागले जनाएको छ।

उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन्। यस क्षेत्रको कामका लागि आव्हान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु-आरए जेभीले कामको जिम्मा पाएको छ। यो कम्पनीसँग २०८१ असार ७ गते सम्झौता भएको छ। सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो। करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ।

मध्यक्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन्। यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। यसमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल-युएसजी-आरएस लक्ष्मी जेभिले कामको जिम्मा पाएको छ। निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो। सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म हो। यस क्षेत्रमा करिब १ हजार ५ सय मिटर सडक कालोपत्रे हुनेछ। यस्तै करिब ८४० वर्गमिटर सडक ढलान हुने छ।

पश्चिम क्षेत्रमा वडा नं. १३, १४, १५ र १६ पर्छन्। यसको खरिद प्रक्रिया टुङ्गिन बाँकी छ।

सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत कुनै पनि ठाउँ नछोडी सबै सडक कालोपत्रे हुनेछ। मर्मतसम्भार कार्यक्रम र पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत भत्किएको, भासिएको वा बिग्रिएको ठाउँलाई तत्काल मर्मत गर्ने काम हो। यसमा पनि सडक कालोपत्रे गर्ने काम गरिन्छ। तर, यो खण्ड खण्डमा मात्र हुन्छ।

यही कार्यक्रमअन्तर्गत वडा नं. ३ मा २ हजार ५४४ मिटर लामो हुने ७ वटा मार्ग (कान्ति मार्ग, कपन मार्ग, नर्सरी मार्ग, साइ मार्ग, गोदावरी मार्ग, धापासी मार्ग, धारापाटी मार्ग) मा काम भइरहेको छ।

प्रकाशित: २०८१ पुस ८ गते सोमबार १२:३५
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना