काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ।
आफ्ना सभापति रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता भएर बयान सुरु भएपछि बैठक बोलाइएको हो। विभिन्न स्थानमा भएका नेताहरू अनलाइनमार्फत बैठकमा बस्न लागेका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठकमा सभापति लामिछानेमाथि लगाइएको मुद्दा, सांसदबाट निलम्बनको तयारीलगायतका समसामयिक विषयमा छलफल गर्ने नेताहरूको भनाइ छ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दर्ता भएको छ।


