२०८३ कार्तिक १८ गते मङ्गलबार

भारतमा कसैले भेट नदिएपछि फर्किइन् परराष्ट्रमन्त्री राणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ८
ARAJU_RANA (1)
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलमा सहभागी भएर अमेरिकाको न्युयोर्कमा आउनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा सञ्चारकर्मीहरुसँग समसामयिक विषयमा कुराकानी गर्दै । तस्बिर ः प्रदीपराज वन्त / रासस

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छन्। गत मंसिर २२ गते युरोप प्रस्थान गरेकी परराष्ट्रमन्त्री राणा त्यहाँबाट भारत पुगेकी थिइन्।

युरोप र नयाँदिल्लीको तीन साता लामो यात्रा सकेर उनी सोमबार साँझ काठमाडौँमा अवतरण गरेकी हुन्।

पुस ४ गते जर्मनीको बर्लिनबाट देउवा नयाँ दिल्ली गएकी थिइन्। परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालका प्रतिनिधित्वका लागि त्यसतर्फ गएकी थिइन्। मन्त्री राणाले सुरुमा नेदरल्याण्ड र त्यसपछि जर्मनीको भ्रमण गरेकी थिइन्।

नेदरल्यान्डसबाट बेल्जियम, जर्मनी, लग्जम्बर्गको भ्रमणपछि चार दिनअघि नयाँदिल्ली पुगेकी उनलाई भारतमा भने कसैले पनि राजनीतिक भेट दिएनन्।

भारतीय नेताहरूसँग भेट गर्ने दाउमा रहेकी राणा असफल भएपछि नेपाल फर्किएकी हुन्। आइतबार एक दिन होटलमा आराम गरेर मन्त्री राणा काठमाडौँ फर्किएकी दिल्ली दूतावासस्थित एक अधिकारीले जानकारी दिए।

प्रकाशित: २०८१ पुस ८ गते सोमबार ०८:१२
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना