काठमाडौं- नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन्। इटहरीमा पुस ६ गतेदेखि पुस ८ गतेसम्म चलेको ५१औं महाधिवेशनबाट उनी अध्यक्ष निर्वाचित भएकी हुन्।
निकटतम प्रतिस्पर्धी जीवन कार्कीलाई ३०९ को फराकिलो मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएकी हुन्।
थापाले ७६२ मत पाउँदा कार्कीले ४५३ मत मात्रै ल्याए।
कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन्।
यस्तै, राष्ट्रिय उपाध्यक्षमा १२ जना निर्वाचित भएका छन्।
जसमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, सङ्गम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल छन्।


