२०८३ कार्तिक ११ गते मङ्गलबार

‘श्रीमती बेच्ने’लाई भूकम्प बन्यो भाग्य, हिटरको कार्टुनले दियो झट्का

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १२
rabi_dhamal

३४ वर्षीय रवि धमला सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर १ का स्थायी बासिन्दा हुन। हाल उनी काठमाडौँको गोकर्णेश्वर नगरपालिका-६ आरुबारीमा बस्दै आएका छन्।

झन्डै ९ हजार जनाको ज्यान लिएको २०७२ सालको भूकम्प पनि रविका लागि भने भाग्य बनेर अगाडि आयो। अनि एउटा हिटरको कार्टुनको झट्काले उनलाई हतकडी लगायो। आफ्नै श्रीमती बेचेको अभियोग लागेका रविका लागि चाहिँ त्यत्रो भूकम्प कसरी भाग्य बन्यो? हिटरको कार्टुन कसरी दुर्भाग्य सावित भयो त?

२०८१ साल पुस ९ गते रवि धमला काठमाडौँको सडकमा स्कुटरमा हिँडिरहेका बेला हिटरको कार्टुनसँगै प्रहरीको नजरमा परे। धमलासँगै थिए, रसुवा घर भएका जितबहादुर तामाङ। उत्तरगंगा गाउँपालिकाबासी जितबहादुरसँगै रवि धमलालाई स्कुटरमा जाँदै गरेको अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

प्रहरी टोलीलाई शंका लागेपछि स्कुटर रोक्न लगायो। अनि थाल्यो हिटरको कार्टुन खोतल्न। कार्टुन खोल्दा त भेटियो ७७ लाख! हिटरको कार्टुनलाई मजाले प्याक गरेर उनीहरूले ७७ लाख रुपैयाँ लुकाएर राखेका थिए।

प्रहरीको कब्जामा पर्ने बित्तिकै रविलाई फोन आउँछ। फोन त्यसबेला प्रहरीको नियन्त्रणमा पुगिसकेको थियो। प्रहरी नै फोन उठायो। उताबाट फोन गर्नेले भन्यो- १५ लाख तयार छ लिन आउनू। त्यसरी १५ लाख तयार छ भनेर फोन गर्ने व्यक्ति हुन्- संखुवासभाका सन्तोष खाती। यसपछि प्रहरीले सन्तोषलाई पनि छोड्ने कुरा भएन। एकैछिनको अन्तरालमै ९२ लाख रुपैयाँसहित तीन जना प्रहरीको कब्जामा परे। पक्राउ परेका तीनै जनाले उक्त रकमको स्रोत खुलाउन सकेका छैनन्।

त्यसो भए त्यत्रो पैसा चाहिँ कहाँबाट आयो त? प्रहरीको शंका छ- सुन तस्करी। काठमाडौँको बौद्धमा रवि धमलाका दुई वटा सुन पसल छन्। प्रहरीका अनुसार रसुवा जिल्लाको केरुङमा पनि उनको सुन पसल छ।

प्रहरीले अनुसन्धानका क्रममा यो गिरोहले वी-च्याटमा कुराकानी गर्ने गरेको पनि पाएको छ। अपराध कर्म गर्नेहरूले सकेसम्म प्रमाण पनि नष्ट गर्दै हिँड्छन्। उनीहरूले पनि यस्तै गर्दै हिँडेका थिए। वी-च्याटमा आएको म्यासेज र सम्पर्क व्यक्तिको कुनै रेकर्ड थिएन। सबै डिलिट गरेका थिए। चिनियाँ नाका नजिकै केरुङमा पनि सुन पसल भएको र चीनमा अत्यधिक प्रयोग हुने वी-च्याट सम्पर्कको माध्यम भएकाले यो तस्करीको कनेक्सन चीनतर्फ भएको प्रहरीको आशंका छ।

त्यो रकम लिएर रवि र जितबहादुर कहाँ जान लागेका थिए त? प्रहरीसँग उनीहरुले यो विषयमा प्रस्ट खुलाएका छैनन्। रविले भनेका छन्- रकम संकलन भएको म्यासेज आफूहरूले पठाएपछि वी-च्याटमा नै कसैको म्यासेज आउने कुरा आफूहरूलाई बताइएको मात्र भनेका छन्। र त्यही म्यासेज गर्ने व्यक्तिलाई भेटेर आफूहरूले ९२ लाख रुपैयाँ हस्तान्तरण गर्ने उनले प्रहरीसँगको प्रारम्भिक बयान दिएका छन्। रविको यो कामबाट प्रहरीलाई अनुसन्धान गर्न केही ढिलो भएको छ।

रविको साथबाट प्रहरीले नियन्त्रणमा लिएको मोबाइललाई फरेन्सिक ल्याबमा पठाएको छ। त्यहाँबाट थप तथ्यप्रमाण आउने विश्वासमा प्रहरी छ। तर डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट आउन समय लाग्ने भएकाले तस्करको टोली भाग्न सक्ने देखिएको छ। रवि आफू अप्ठेरोमा परे पनि तस्कर टोलीलाई बचाउने जुक्तिमा देखिएका छन्।

उसो त रवि धमला यसरी पहिलो पटक पक्राउ परेका होइनन्। उनका कर्तुत पनि अनौठा छन्।

झन्डै ९ हजार व्यक्तिको ज्यान लिएको र अर्बौँको क्षति गरेको २०७२ साल वैशाख १२ गतेको भूकम्पले रविलाई भने उपहारै दिएर गयो। भूकम्पअघि उनी सिन्धुपाल्चोक कारागारमा थिए। जिल्लामा ठूलो क्षति गरेको भूकम्पले कारागार पनि भत्काइदियो। कारागार भत्किएपछि रवि भाग्न सफल भए। त्यतिबेला रवि जेल पर्नुको कारण थियो- आफ्नै श्रीमतीलाई बेचबिखन गरेको।

२०७१ सालताका रविले सिन्धुपाल्चोक जिल्लामा पर्ने चिनियाँ नाका तातोपानीमा सुन पसल चलाउँथे। यतिकैमा एक श्रीमती सम्पर्कविहीन बनिन्। श्रीमती सम्पर्कविहीन बनेपछि माइती पक्षले खोजी गर्‍यो। तर नभेटिएपछि उनीहरूले प्रहरीमा उजुरी दिए। प्रहरीले उनीविरुद्ध मानव बेचबिखनको मुद्दा चलायो। त्यही मुद्दामा उनी जेल परेका थिए। तर भूकम्पले जेल भत्काइदिएपछि भागेका थिए। अहिले रविकी श्रीमती कहाँ र कस्तो अवस्थामा छिन् भन्ने कुरा प्रहरीले खुलाएको छैन।

पक्राउ परेका रविसहित तीनै जनामाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ। अहिले उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ। यो प्रक्रियामा अनुसन्धान पूरा गरी प्रहरीले मुद्दा चलाउनेछ। यसअघिका अपराधका विषयमा पनि अब अनुसन्धान भएर मुद्दा चलाउने प्रहरीको तयारी छ।

प्रकाशित: २०८१ पुस १२ गते शुक्रबार ०९:५९
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना