२०८३ कार्तिक २२ गते शनिवार

अनुदानको मलमा कालोबजारी : चर्को मूल्य तिर्नुपर्ने किसानको बाध्यता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १३
rasayanik-mal

सर्लाही- सर्लाहीमा कृषि सहकारीबाटै अनुदानको रासायनिक मलको कालोबजारी बढेको छ।

सधैँ अपुग भइरहने रासायनिक मल कालोबजारी हुँदा किसान मारमा परेका छन्। जिल्लाको दक्षिण सीमावर्ती क्षेत्रमा मलको डिलरका रूपमा छानिएका सहकारी संस्थाले किसानलाई सुलभ दरमा बिक्रीवितरण गर्नुपर्ने मल बाटोबाटै कालोबजारीमा बेच्ने क्रम बढेको हो।

सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत सहकारी संस्थालाई रासायनिक मल उपलब्ध गराउने र सहकारीले सरकारबाट निर्धारित मूल्यमा ढुवानी खर्च जोडेर किसानलाई बेच्नुपर्ने प्रावधान छ, तर सहकारी संस्थाले प्राप्त गर्ने मल किसानलाई वितरण नगरेर मलखाद व्यवसायीलाई कालोबजारीमा बिक्री गर्ने गरेको किसानको गुनासो छ।

मलखाद व्यवसायीले सोही अनुदानको मल किसानलाई चर्को मूल्य लिएर बेच्ने गरेका छन्। मलको डिलरका रूपमा रहेका सहकारीमा मल नहुने तर नजिकको मलखाद पसलबाट खुलेआम बिक्री हुने गरेको किसानहरू बताउने गर्छन्। पर्सा गाउँपालिका–५ का किसान भोला साहले दुई बिघा खेतमा गहुँ छर्दा भारतीय मल प्रयोग गर्नुपरेको बाध्यता सुनाए।

गाउँको सहकारीबाट आधा बोरा मल मात्रै पाएको साहको गुनासो छ। ‘आधा बोरा मलले दुई बिघामा गहुँ कसरी छर्नु ? भारतबाट एक बोराको ३५ सय रुपैयाँ तिरेर डिएपी मल ल्याएँ,’ साहले भने, ‘गाउँको सहकारीले हामी किसानलाई मल नै दिँदैनन् तर छेउकै दोकानबाट कालोबजारीमा जति पनि बिक्री भइरहेको छ।’

सीमा क्षेत्रबाट भारतीय मल ल्याउँदा पनि लुकाइछिपाई ल्याउनुपर्ने बाध्यता रहेको साहले गुनासो गरे। सरकारले अनुदानमा बेच्ने मलको तुलनामा भारतीय मल कम गुणस्तरीय हुने किसानको भनाइ छ। विकल्प नहुँदा किसान कम गुणस्तरको भारतीय मलमा निर्भर रहन बाध्य छन्। पर्सा गाउँपालिका–५ का अर्का किसान महेन्द्र महतोले सहकारीबाट डिएपी नपाएपछि यस वर्ष मल नै नहाली गहुँ छरेको बताए।

उनले अनुदानको डिएपी मल पसलेले कालोबजारीमा तीन हजार पाँच सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताए। सहकारी संस्थाले कृषि सामग्रीबाट दुई हजार २७६ रुपैयाँ पाँच पैसामा ल्याउने डिएपी मल पर्सा गाउँपालिकाले सहकारी संस्थालाई दुई हजार छ सय रुपैयाँमा बिक्री गर्न मूल्य निर्धारण गरेको छ।

पर्सा गाउँपालिकाका किसानले सहकारी संस्थाबाट कालोबजारीमा मल बिक्री गरिरहेको गुनासो गर्दै गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिएका छन्।

पर्सा गाउँपालिका–५ का वडाध्यक्ष अनिलकुमार यादवले मलको विवाद मिलाउन नसकेपछि किसानलाई न्यायिक समितिमा पठाएको जानकारी दिए। ‘मल थोरै परिमाणमा आउने तर किसानको माग धेरै छ,’ वडाध्यक्ष यादवले भने, ‘म आफैँले अनुदानको मल नपाएपछि भारतबाट चोरेर ल्याएको मल हालेर गहुँ छरेको छु।’ हरिपूर्वा नगरपालिका–६ का किसान विनोद साहले एक बोरा डिएपी मल कालोबजारीमा तीन हजार पाँच सय रुपैयाँमा खरिद गरेर गहुँ छरेको बताए।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा नवलपुर सर्लाहीका निमित्त शाखा प्रबन्धक ध्रुवप्रसाद साहले कार्यालयबाट सहकारी संस्थाले बिल काटेर लैजाने मलको बिक्री मूल्य तोक्ने र कालोबजारी भए/नभएको हेर्ने जिम्मेवारी पालिकाको हुने बताए। केही ठाउँमा बाटोबाटै मल बिक्री हुने गरेको गुनासो आफू कहाँ पनि आएको साहको भनाइ छ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले मलखाद बिक्रीवितरणको अनुगमन गर्न पालिकामा उपप्रमुख तथा उपाध्यक्षको नेतृत्वमा समिति रहने बताए। मलखादमा कालोबजारी भएको गुनासो आउँदा सहकारी संस्थाका सञ्चालक तथा जिम्मेवार व्यक्तिलाई जिल्लामा बोलाएर सचेत गराउने काम गर्दै आइरहेको घिमिरेले बताए।

केही दिनअघि सर्लाहीको नगरपालिकाबाट २२० बोरा रासायनिक मलखादसहित एक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। लालबन्दी नगरपालिका वडा नम्बर १ स्थित नवलपुर चोकमा नियमित चेकजाँचका क्रममा बिलबिजक नभएको उक्त ट्रकलाई नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: २०८१ पुस १३ गते शनिवार १०:३७
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना