२०८३ कार्तिक १२ गते बुधबार

५ दशकपछि ‘कम्युनिस्ट’सँग विरक्तिए भीम रावल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १५
bhim_rawal

काठमाडौँ- नेकपा (एमाले)बाट निष्कासित भीम रावलले अन्ततः ५ दशकपछि कम्युनिस्ट पार्टीसँगको सम्बन्ध विच्छेद गर्ने भएका छन्। एमालेबाट कारबाहीमा परेपछि रावलले कम्युनिस्ट पार्टी नै परित्याग गर्ने निष्कर्षमा पुगेका हुन्।

उनले अन्य पार्टीका व्यक्तिहरूलाई तान्नका लागि गैरकम्युनिस्ट पार्टी बनाउने तयारी गरेका छन्। रावलले बुधबार मात्र नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग नयाँ दल बनाउने विषयमा छलफल गरेका थिए। उक्त छलफलमा रावलले कम्युनिस्ट पार्टी गठन नगर्ने बताएका थिए।

पुस १७ गते काठमाडौँको कार्की पार्टी बैंक्वेटमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्। उनीनिकट एकिन्द्र कुँवरले वाम, प्रजातान्त्रिक, प्रगतिशील र देशभक्तहरूको नयाँ पार्टी बन्ने बताएका छन्।

रावललाई गत पुस १० गते एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेका थियो। रावल ५१ वर्षअघि कम्युनिस्ट पार्टीमा जोडिएका थिए। ६९ वर्षीय भीम रावलले तत्कालीन नेता राधाकृष्ण मैनालीबाट पार्टी सदस्यता लिएका थिए।

२०३० सालबाट प्रगतिशील विद्यार्थी राजनीतितर्फ मोडिएका रावल पहिलो पटक पार्टीविहीन बनेपछि उनले कम्युनिस्ट कित्ता नै छोड्ने निष्कर्षमा पुग्ने भएका हुन्।

२०४७ सालमा तत्कालीन कृषिमन्त्री झलनाथ खनालको राजनीतिक सल्लाहकार बनेका थिए। रावल एमालेबाटै गृहमन्त्री र उपप्रधानसम्म बन्न सफल भए।

रावलले २०४८ सालको आमनिर्वाचनमै अछाममा टिकट पाएका थिए पनि चुनाव जितेनन्। २०५१ सालमा दोस्रो पटक भीम रावलले नै टिकट पाए चुनाव जिते।

चुनवापछि एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बनेपछि रावल नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री बनेका थिए।

२०६६ जेठ ११ गते तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार ढलेपछि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा अर्को सरकार बन्यो। त्यति बेला रावल गृहमन्त्री बनेका थिए।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्यो। २०७८ फागुन २३ गते नेकपा एकता भंग भयो। यसपछि रावल तत्कालीन एमालेका अर्का नेता माधवकुमार नेपाल निकट रहेका थिए। तर नेपालले नयाँ पार्टी बनाउँदा रावल एमालेमै बसेपनि उनी अध्यक्ष ओलीको पेलानमा परिरहे।

२०७९ मंसिरमा भएको दसौं महाधिवेशनमा रावलले अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेपछि ओलीले अझ बढी पेलानमा पार्दै गए। रावलले २ सय २३ मत ल्याउँदा १८ सय ३७ मत ल्याएर ओली अध्यक्ष निर्वाचित भएका थिए। यसपछि कहिल्यै पनि यी दुई नेताबीच सहज सम्बन्ध बनेन। ओलीको पेलानबाट दिक्क भएका रावल अन्तत ५१ वर्षसम्म अपनाएको कम्युनिस्ट दर्शनलाई नै परित्याग गर्ने मोडमा पुगेका हुन्।

प्रकाशित: २०८१ पुस १५ गते सोमबार ०४:२०
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना