काठमाडौँ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले ३६ नेताका नाममा विभिन्न सहरमा खेलकुद प्रतियोगिता गराउने भएको छ।
बिहीबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा ३६ स्वर्गीय नेताहरूको नाममा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको हो।
नेपाल लोकतान्त्रिक खेलकुद संघको अधिवेशन गराउनका लागि बनाइएको निर्देशक समितिका संयोजक मोहन बस्नेतका अनुसार विभिन्न स्थानमा खेल कार्यक्रम हुनेछन्।
बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका ३७ जना नेताहरूको नाममा खेल प्रतियोगिताको आयोजना गरिने भएको हो।
चार सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको नाम पनि सूचीमा छ।
ख


