काठमाडौं- शेरा दरबारको जग्गासम्बन्धी विषयमा दोषी देखिए आफू काबरबाही भोग्न तयार रहेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन्।
बैठकमा प्रचण्डले राज्यको जमिन व्यक्तिको नाममा गएको छ र छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भनेपनि छानबिनको दायरामा ल्याउन आग्रह गरेका थिए। उनले आफूले ललिता निवासको जग्गा सरकारको नाममा फिर्ता गरे जस्तै शेरादरबारको जग्गा पनि फिर्ता ल्याएमा सहयोगका साथै सरकारलाई धन्यवाद पनि दिने बताएका थिए।
‘राज्यको र सरकारको जमिन कुनै व्यक्तिको नाममा गर्छ भने जो कोही होस् कानून बमोजिम ल्याउनुपर्छ। यदि छानबिन गर्दै जाँदा प्रचण्ड नै देखापर्यो भने त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ। दोषीलाई कारबाही गरियोस्,’ उनले भने, ‘सरकारलाई सहयोग गर्न म तयार छु भनेकै छु। कानुन विपरित काम भएको छ भने जसरी ललिता निवासको कयौं रोपनी जग्गा सरकारको नाममा ल्याइयो। त्यसरी नै शेरा दरबारको पनि भयो भने म सरकारलाई लागि सहयोग मात्र होइन धन्यवाद पनि भन्नेछु।’
प्रचण्डलाई जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले शेरा दरबारको विषयलाई गम्भीरतापूर्वक लिएको र अनुसन्धान भइरहेको बताएका थिए। उनले कानुन बमोजिम यो प्रकरणमा जोडिएका सबैलाई कारवाही अगाडि बढाउने पनि बताए।
‘शेरा दरबारको जग्गासम्बन्धी विषयमा गम्भिरतापूर्वक अनुसन्धान भइरहेको छ। अनुसन्धान हुन्छ। र कानुन बमोजिम कारबाही अगाडि बढ्छ। यदि त्यो जग्गा गलत ढंगले कसै व्यक्ति, कम्पनीका नाममा गएको भने त्यो फिर्ता हुन्छ,’ उनले भने, ‘पूर्वप्रधानमन्त्री प्रचण्डजीले यदि गैरकानुनी ढंगले गएको छ भने त्यो फिर्ता हुनुपर्छ भन्नु भएको छ। उहाँले सरकारलाई धन्यवाद दिन तयार भएर बस्नुभएको छ। तपाई सरकारलाई धन्यवाद दिन तयार भएर बस्नु भए हुन्छ। सरकारले यसमा गर्नुपर्ने काम गर्छ। धन्यवाद लिन्छ।’
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्का पूर्वप्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भ्रष्टाचारको फाइल टुंगो लगाउनुपर्ने बताएए।
‘फाइल खोल्दिन्छु’ भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था रहेको भन्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै तीन जनालाई बालाएर कुनकुन काण्डको फाइल खोल्ने हो टुंगो लगाउन सुझाव दिए।
‘यहाँ पूर्वप्रधानमन्त्री आजको बैठकमा आउनुभएको छ। अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ। बरु अर्को एक जना पूर्वप्रधानमन्त्रीलाई चाँहि आमन्त्रित गरेर भएतापनि यही समितिमा बसरे छलफल गरौं,’ उनले भने, ‘भ्रष्टाचारको कुन–कुन कण्डको फाइल खोल्ने हो टुंगो लगाउँ। फाइल खोल्दीन्छु भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था छ।’


