२०८३ कार्तिक २६ गते बुधबार

बाँदर धपाउने काइदाः जंगलमै फलफूल रोपेपछि बस्तीमा उपद्रव घट्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २३
monkey-photo

महोत्तरी – बर्दिवास नगरपालिका- १ र ३ को बीचमा पर्ने चिहानडाँडा वरपरका वनजङ्गलमा बोटबिरुवा र फलफूलमा पाउन थालेपछि गाउँमा बादरको उपद्रव घटेको छ।

चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले चार वर्षअघि वनक्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेको थियो। यहाँका जामुना, फडिर, अमला, अम्बा र महुवालगायतमा फल फल्न थालेपछि बस्तीमा बाँदर पस्नेक्रम पातलिएको हो।

‘अझै पनि घरका छतछतमा एक–दुई वटा बाँदर आइरहन्छन्, पहिले दैनिक २०–२५ को सङ्ख्यामा बाँदरको हुल आउथ्यो’, स्थानीय उमा पोखरेलले भनिन्, ‘पहिले बाँदरको समूहले अन्नबाली, बोटबिरुवा, घरका सामान सबै खोसलेर केही बाँकी राख्दैनथे।’

करिब तीन वर्ष पहिले समूहमा आउने बाँदरले घर पसेर खाद्यान्नसमेत नष्ट गरेको सम्झँदै उनले आजभालि बस्ती पस्ने बाँदर पातलिन थालेका बताइन्। सामुदायिक वनमा रोपिएका बिरुवाले फल दिन थालेपछि बाँदर जङ्गलमा रमाउन थालेका पोखरेलको भनाइ छ।

बाँदर गाउँमा पसेर अन्नबाली नष्ट गर्ने, मानिसमाथि आक्रमण गर्नेलगायत क्रियाकलापबाट दुःख दिने गरेको गुनासो बढेपछि २०७८ सालमा तत्कालीन वन उपभोक्ता समितिले आफ्नो वनक्षेत्रमा फलफूल रोपन अभियान सञ्चालन गरेको थियो।

अहिले चिहानडाँडा वनक्षेत्रमा रोपिएका अमला, अम्बा, जामुन, फडिर र महुवालगायत फल फल्न थालेपछि बाँदर वनमा रमाएर बस्ती पस्नेक्रम पातलिएको घनश्याम न्यौपानेले बताए। उनी वन उपभोक्ता समितिको अध्यक्ष रहेका बेला फलफूल रोपन गरिएको थियो। तत्कालीन समयमा दुई वर्षमा दुई हजार बढी बिरुवा रोपिएको उनले जानकारी दिए।

वनमा फल फल्न थालेपछि बाँदरमात्र नभएर जङ्गली चराचुरुङ्गीले पनि भोजन पाएका छन्। वनभित्र पस्न र चरण निषेध गरिएकाले मानिसको चहलपहल पातलिएपछि वनमा विभिन्न प्रजातिका चराचुरुङ्गी बढेका चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भीम श्रेष्ठले बताए। ‘वन हराभरा भएपछि अहिले मयूरसहित रङ्गीविरङ्गी चराको चिरबिर गुञ्जिरहन्छ। खरायो, न्याउरीमुसा, दुम्सी र मलसाँप्रालगायत जीव पनि वनक्षेत्रमा बढेका छन्’, उनले भने।

पूर्वपश्चिम राजमार्गबाट पाँच सय मिटर उत्तरमा यो वन पर्दछ। करिब ४४ हेक्टर क्षेत्रफलमा बाँदर आतंक कम गर्ने र गल्छीपहिरो रोकथाम गर्ने उद्देश्यले रोपिएका फलफूलका साथै करिब एक हजार झाङ बाँस सप्रिएका अध्यक्ष श्रेष्ठले उल्लेख गरे। बाँस छिप्पिँदै गएपछि उपभोक्तालाई बर्सेनि बाँड्ने योजना बनाइएको उपभोक्ता समितिले जनाएको छ।

कतिपय स्थानमा वन अतिक्रमण भइरहेका भए पनि यहाँको वनक्षेत्र भने सुरक्षित रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ। ‘यो वन छ र घर मास्तिर, मुन्तिर हराभरा देख्न पाइएको छ, वन संरक्षण भएपछि खोल्सीहरूमा पानी रसाएको छ’, उनले भने, ‘रङ्गीविरङ्गी चरा देख्न र चिरबिर सुन्न पाइन्छ, बाँदर बस्तीमा पस्ने क्रम पनि कम भइरहेको छ।’

वन उपभोक्ता समितिले वन सुरक्षाका लागि एक जना वनहेरालु नियुक्त गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। ‘वनमा आवतजावत निषेध गरेका छौँ’, उनले भने। वन बढाउन, सुरक्षाको थप व्यवस्था मिलाउन तथा फलफूल र बाँसका बिरुवा रोप्ने कार्यमा पूर्वअध्यक्ष न्यौपानेको उल्लेख्य योगदान रहेको उनले बताए।

समितिले बर्सेनि बाँस काटेर उपभोक्तालाई वितरण गर्दै आएको छ। बाँसको झाङ बढेपछि नयाँ तामा नफस्टाउने र अन्य वनस्पति पनि नबढ्ने भएकाले केही बाँस छ्यासेर उपभोक्तालाई दिने गरिएको समितिले जनाएको छ।

प्रकाशित: २०८१ पुस २३ गते मङ्गलबार ०७:५४
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना