काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा बिहीबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन्।
पुस २४ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा अभियोग पत्र दर्ता गरेको थियो।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोईका नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भएर बिर्तामोड भएका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको थियो।


