काठमाडौँ- यू-१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ।
बिहीबार बिहान होटल दुषित प्रिन्सेसमा खेलाडीहरूको बिदाइ गरिएको हो।
माघ ५ गतेदेखि सुरू हुने विश्वकप खेल्न टोली शनिबार मलेसिया जानेछ।
कप्तानमा पूजा महतो र उपाकप्तानमा सोनी पाख्रिन छन्।
विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्।
विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन्।
नेपालले पहिलो खेल बंगलादेशसँग माघ ५ गते खेल्नेछ।
नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ छन्।














