धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका-५, हसनपुरमा डा प्रसन्ना शाह मृत फेला परेकी छिन्। उनी बिहिबार बिहान आफ्नो घरमै मृत भेटिएकी हुन्।
कोठाभित्र झुन्डिएको अवस्थामा डा शाह फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले जानकारी दिए। मृत्युको कारण खुलेको छैन।
शवको पोस्टमार्टम भएको भएपनि रिपोर्ट आउन बाँकी रहेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।


