काठमाडौँ– सरकारले द्वन्द्वपीडित पत्रकारलाई राहत दिने नीति लिने भएको छ। आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो उल्लेख गरेका हुन्।
यसका साथै पत्रकार कल्याण कोषलाई एकीकृत र सबल बनाउने र जेष्ठ पत्रकारलाई सम्मान वृद्धि गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ।
‘द्वन्द्वपीडित पत्रकारलाई राहत र पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमाका साथै महिला पत्रकार एवम् विभिन्न भाषाभाषी र समुदायको पत्रकारितालाई प्रोत्साहन गरिने छ,’ आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख छ, ‘दुर्गम क्षेत्रमा कार्यरत श्रमजीवी र द्वन्द्व प्रभावित पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तथा खोज पत्रकारितालाई प्रोत्साहन गर्ने आवश्यक व्यवस्था गरिने छ। पत्रकार तथा आम सञ्चार क्षेत्रका श्रमीकहरुलाई सामाजिक सुरक्षाको दायरामा समेट्न आवश्यक प्रबन्ध गरिने छ।’


