२०८३ कार्तिक १२ गते बुधबार

आबुखैरहनीमा बस दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १८
accident

दमौली –  पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेहनी गाउँपालिका–१ सत्र सयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका बस्ने २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

दुर्घटनामा घाइते सापकोटालाई उपचारका लागि आँबुखैरेनी अस्पताल पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख २९९९ नम्बरको बस सडक छेउको कल्भर्टमा पल्टिएको थियो। प्रहरीले बस चालक भानु नगरपालिका–५ बस्ने ३५ वर्षीय रविन्द्र घलेलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनामा कैलाली जोशीपुरका २३ वर्षीया लक्ष्मी बनादी, धनगढी बसबरिया गाउँपालिका–५ बस्ने २२ वर्षीया अन्जली शाही, तनहुँको म्याग्दे गाउँपालिका–७ बस्ने १९ वर्षीय किसान विक, व्यास नगरपालिका–१२ बस्ने १९ वर्षीय सुनिल विक, कास्कीको पोखरा महानगरपालिका–८ बस्ने २२ वर्षीया आयुषा पौडेल, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने ५१ वर्षीय सुनिल ढकाल घाइते भएका छन्।

त्यसैगरी लमजुङको बेसीशहर नगरपालिका–३ बस्ने ४१ वर्षीय कृष्णबहादुर पाण्डे, तनहुँको व्यास नगरपालिका बस्ने १३ वर्षीया आस्था काफ्ले, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने ४२ वर्षीय रामशरण कुँवर, सहिद लखन गाउँपालिका–२ घर भई हाल बन्दीपुर गाउँपालिका–१ बस्ने ५९ वर्षीय उज्ज्वल विक, भानु नगरपालिका–१० बस्ने ५० वर्षीय खेमराज लौडारी र सोही ठाउँ बस्ने १७ वर्षीय प्रशान्त लौडारी घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।

घटनामा घाइते हुनुभएकी आँबुखैरेनी गाउँपालिका–३ बस्ने ४२ वर्षीया दमन्ती थापालाई थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको छ।

प्रकाशित: २०८१ माघ १८ गते शुक्रबार ०६:३७
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना