२०८३ कार्तिक १२ गते बुधबार

रवि लामिछानेविरुद्ध संगठित अपराधमा चलेन मुद्दा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २२
rabi_ktm_chitwan

काठमाडौँ- चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गोरखा मिडियाका तत्कालीन सञ्चालकसमेत रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध संगठित अपराधको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको छ। तर रविसँगै गोर्खा मिडिया नेटवर्कमा सञ्चालक रहेका जीबी राई, छविलाल जोशी र कुमार रम्तेलविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको छ।

रविविरुद्ध संगठित अपराधमा मुद्दा नपरे पनि सहकारी ठगीमा भने मुद्दा परेको छ। सहकारी ठगीमा ३२ व्यक्ति र क्षतिपूर्ति प्रयोजनका लागि ६ कम्पनीलाई प्रतिवादी बनाएर मंगलबार जिल्ला सरकारी वकिल कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको हो।

चितवन प्रहरीले लामिछानेविरुद्ध पनि संगठित अपराधमा मुद्दा चलाउनुपर्ने प्रतिवेदन बनाएको थियो। सुरुमा सरकारी वकिलले अनुसन्धान नै नमिलेको भन्दै फाइल फर्काएको थियो। तर पछिल्लो फाइलमा पनि रविमाथि संगठित अपराधको पनि मुद्दा चलाउनुपर्ने प्रतिवेदन दिएको थियो। प्रहरी प्रतिवेदनको रायलाई अस्वीकार गर्दै चितवन सरकारी वकिलको कार्यालयले रविलाई संगठित अपराधको मुद्दा चलाउनबाट जोगाएको हो।

साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा १० करोड ८० लाख एक हजार १५१ रुपैयाँ गएको देखाएको छ। उक्त रकम चार सेयर सदस्यलाई दामासायीले हुनेगरी बिगो तोकिएको छ। जिल्ला न्यायाधिवक्ता शान्तिराज लुईंटेलका अनुसार प्रतिवादी बनाइएको ६ कम्पनीमध्ये एकभन्दा बढी कम्पनीमा सञ्चालक रहेकाहरूलाई मात्र संगठित अपराधमा मुद्दा चलाउने मापदण्ड बनाएर अभियोजन गरिएको हो। त्यही मापदण्डका आधारमा लामिछानेविरुद्ध संगठित अपराधमा मुद्दा नचलेको उनको भनाइ छ। दुई वा सोभन्दा बढी संस्थामा सञ्चालक रहेका १२ जनाविरुद्ध संगठित अपराधमा मुद्दा दर्ता भएको जानकारी दिए । जीबी राईसहितका १७ जनाविरूद्ध गत असोज ८ गते नै मुद्दा दर्ता भई विचाराधीन छ। सरकारी वकिल कार्यालयले थप अनुसन्धानका गरी पूरक अभियोजन गर्ने प्रतिबद्धता त्यसबेला नै जाहेर गरे अनुरुप पूरक अभियोजन गरेको हो।

जिल्ला प्रहरी कार्यालयले लामिछानेसहित थप १५ जना र ६ वटा कम्पनीसहित पूरक अनुसन्धानको प्रतिवेदन बुझाएको थियो। साहारा चितवनको ५२ करोड ३२ लाख ८५ हजार अपचलन भएकोमा अधिकांश रकम गोरखा मिडिया, नेचर हब्र्स इन्टरनेसनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, स्प्रिङ उड रियल स्टेट र नेचर नेस्ट प्रालिमा गएको भेटिएको छ।

असोज ८ गते पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो । सरकारी वकिल कार्यालयले जीबी राईसहित कुमार रम्तेल, सागर केसी, बीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। अहिले पूरक अभियोजन गरिएको हो।

यसअघि रवि लामिछाने विभिन्न जिल्लाका सहकारीको मुद्दाबाट धरौटी रकममा छुटेका थिए। सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ लाख र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर उनी छुटेका हुन्।

चितवनपछि उनीविरुद्ध वीगगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा अनुसन्धान भएको छ।

प्रकाशित: २०८१ माघ २२ गते मङ्गलबार ०९:२७
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना