धनगढी – कञ्चनपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।
आइतबार साँझ सवा ५ बजेतिर बेलडाँडी गाउँपालिका–३ खैरिघाटमा बेलडाँडीबाट कलकत्ता जाँदै गरेको सुपप्र ०१–००१ ख ३६१० नम्बरको बसको ठक्करबाट बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुुनेमा सोही ठाउँ बस्ने मीनबहादुर कुँवरका २ वर्षीय छोरा सुशान्त रहेका छन्।
उनलाई ज्ञानसाधना बोडिङ स्कुलको बसले ठक्कर दिएको थियो। सुशान्तको घटनास्थलमै मृत्युु भएको हो।
बस प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


