२०८३ कार्तिक १३ गते बिहिबार

सरकार बाघ मारेजसरी उधुम हल्ला गरिरहेको छ : ओली

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ७
kp_oli

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले छानबिन गरेको भनेर बाघ मारेको जसरी हल्ला गरेको आरोप टिप्पणी गरेका छन्। सरकारले नक्कली शरणार्थी प्रकरणलाई ढाकछोपको प्रयास गरेको तर नसकेको उनको टिप्पणी थियो।

आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले उधुम हल्ला आवश्यक नभएको उनको दाबी छ।

‘भुटानी शरणार्थी प्रकरणमा सरकारले छानबिन गर्नुपर्यो।, सन् २०१२ मा केही मान्छे अमेरिका छिरे भन्ने सुन्दैछु त्यसमा सरकारले छानबिन गर्नुपर्यो। सरकार बडा भ्रष्टाचार विरोधी च्याम्पियन आफू भएर आफूले के–के न बाघ मारेको जस्तो उधुम हल्ला गरिरहेको छ,’ ओलीले थपे, ‘गृहमन्त्रीज्यू उधुम हल्ला गरिरहनुभएको छ। यसमा सरकारले जुँगाकमा ताउ लगाउनुपर्ने आवश्यकता देख्दिनँ। यो काण्ड अगाडिबाट चलिरहेको छ। यसमा गत वर्ष नै उजुर परेको रहेछ। किन गुपचुप राखियो? गिरफ्तार गरेका मान्छेलाई सट्याकसुटुक किन छोडियो।’

सन् २०१२ मा दोस्रो पटक संयुक्त प्रमाणीकरण गर्ने भनिएको र त्यही बेला केही मान्छेहरू शरणार्थी बनेर छिरेको कुरा आफूले सुनेको उनको भनाइ थियो। त्यो विषयमा सरकारले छानबिन गर्नुपर्ने उनको माग छ।

नक्कली शरणार्थी प्रकरणमा सरकारले ढाकछोपको प्रयास गरेको तर त्यस्तो प्रयास सफल हुन नसक्ने बताए। ‘जेठमै उजुरी परेको रहेछ। किन गुपचुप राखियो? त्यसबेलै गिरफ्तार परेका रहेछन्। केस दबाउन छुटाइएका रहेछन्,’ उनले थपे, ‘यो पचाउन सक्ने कुरै होइन। यो भुईचाँलो आयो। यो रोक्न सकिँदैनथ्यो।’

आफू सत्तामा रहँदा कुनै गलत काम नगरेको उनको दाबी छ। ‘मेरो समयमा केही पनि गएको छैन। एउटा समिति बनेछ। अध्ययन गर्न भनेर सामाजिक समितिमा राखेको थिएँ। तर त्यसलाई सरकारले फिर्ता पठाएछ। तर पछि कागज फेरिएछ। माथिको कभर चै उही राखियो। तलका व्यक्तिका नामसूची परिवर्तन गरियो।’

कोही पनि दोषी नछुटुन् भन्ने पक्षमा आफू रहेको भएपनि अहिले निर्दोष फसाउने प्रयास भइरहेको आरोप लगाए। ‘अझ भयावह भएर निसक्न्छ। यो ९७५ जनासंग पैसा उठाइएको छ। यो चानचुने कुरा हो र!’ उनले भने।

प्रकाशित: २०८० जेठ ७ गते आईतबार ०१:३८
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना