काठमाडौँ– पहिलो पटक ‘टपसप काठमाडौं ८८४८ हिमालयन म्यूजिक फिल्म अवार्ड यूएसए’ आयोजना हुने भएको छ।
मंगलबार एक कार्यक्रमका बीच बैशाख २१ गते अमेरिकाको न्यूयोर्कमा म्यूजिक फिल्म अवार्ड आयोजना गर्न लागेको कलाकार सुरज सिंह ठकुरीले जानकारी दिए।
उनले नेपाली चलचित्र अवार्डहरु विभिन्न कारणले बारम्बार विवादमा आउने गरेको बताए। नेपाली भूमि बाहिर रहेको नेपाली चलचित्र र नेपाली संगीत क्षेत्रलाई राम्रो चित्रण गर्ने एउटा माध्यमको रुपमा सो अवार्ड प्रस्तुत हुने उनले विश्वास व्यक्त गरे।
‘खासै नेपाली चलचित्र अवार्डहरु त्यत्तिको पपुलर चाँही भएको छैन्। म्यानेजमेन्टदेखि धेरै कुरामा त्रुटि होला। सबैलाई खुसी पार्न सकिँदैन् अवार्डमा। विभिन्न कारणले गर्दा नै नेपाली चलचित्र अवार्डहरु बारम्बार विवादमा आउने गर्छ,’ उनले भने, ‘राम्रो उद्देश्य कार्यक्रमले लिएको छ। नेपाली भूमि बाहिर रहेको नेपाली चलचित्र र नेपाली संगीत क्षेत्रलाई राम्रो चित्रण गर्ने एउटा इभेन्टको रुपमा अवार्ड प्रस्तुत हुन्छ भन्ने मलाई लागेको छ।’


