२०८३ कार्तिक १२ गते बुधबार

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान फाइल बुझाउँदै प्रहरी, ४ कसुरमा मुद्दा चलाउन राय

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ८
nakkali_sharanarthi (4)

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूविरुद्ध प्रहरीले चार वटा मुद्दा दायर गर्ने तयारी गरेको छ। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर करोडौँ रकम ठगी गरेको आरोपमा अनुसन्धानमा भइरहेका १६ जनाविरुद्ध चार वटा कसुरमा मुद्दा दायर गर्ने तयारी गरी प्रहरीले सरकारी वकिलको कार्यालयमा फाइल बुझाउने तयारी गरेको छ। आइतबार नै अनुसन्धान प्रतिवेदन कार्यालयमा बुझाउने तयारी गरिएपनि अन्तिम समयमा काम नसकिएकाले आइतबार आंशिक प्रतिवेदन बुझाएर सोमबार पूर्ण प्रतिवेदन तयारी गरिएको जिल्ला प्रहरी परिसर, टेकुले जानकारी दिएको छ।

आरोपितविरुद्ध राष्ट्रहितविरुद्धको कसुर, संगठित अपराध, ठगी र कीर्ते गरेको कसूरमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यलयलाई राय दिने गरी पूर्ण प्रतिवेदन बुझाउने तयारी गरेको छ। प्रकरणमा संलग्नले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धुमिल्याउने काममा गरेको आरोप लागेकाले उनीहरूमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्षका साथ प्रहरीले प्रतिवेदन बुझाउने तयारी गरेको हो। यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि अनुसन्धान गर्नुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाउने तयारी गरेको छ। राजनीतिक दबाब रहेकाले राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन चलाउने गरी राय नदिन प्रहरीलाई दबाब दिइएको टिप्पणी हुँदै आएको छ। संगठित रुपमा ठगी गरेको र त्यसका लागि सरकारी कागजातलगायत कीर्ते गरेकाले उनीहरूविरुद्ध ती कसुरमा पनि मुद्दा चलाउने प्रहरी राय छ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोगपत्र तयार पार्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले कार्यालय प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेको संयोजकत्वमा ८ सदस्यीय कार्यदल बनाएको छ। प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरी कार्यदलले अभियोगपत्र तयार गरी अदातलमा मुद्दा दायर पेस गर्नेछ। यसका लागि कार्यालयले दुई दिन छुट्याइएको छ। अनुसन्धान गरी मुद्दा दायर गर्ने अवधि कम भएकाले प्रहरीले यो प्रकरणमा पूरक अनुसन्धान जारी राख्ने बताएको छ।

यो प्रकरणमा चैत १२ गते बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी र टंककुमार गुरूङ पक्राउ परेपछि अनुसन्धान सुरु भएको हो। प्रहरीले यो विषयमा संगठित रुपमा नै अपराध भएको भन्दै अनुसन्धान अघि बढाएको छ। संगठित अपराधमा पक्राउ परेका व्यक्तिलाई बढीमा ६० दिन मात्र प्रहरीले हिरासतमा राख्न पाउने व्यवस्था संगठित अपराधविरुद्धको ऐन, २०७० मा उल्लेख छ।

‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि संगठित अपराधको अनुसन्धाका लागि त्यस्तो अपराधको आरोप लागेको व्यक्तिलाई अनुसन्धानको प्रगतिको आधारमा अदालतको अनुमति लिई पटकपटक गरी साठी दिनसम्म हिरासतमा राख्न सकिनेछ,’ संगठित अपराध निवारण ऐन, २०७० को दफा १४ मा उल्लेख छ। यो व्यवस्थाअनुसार नै सरकारी वकिलको कार्यालयले अदातलमा मुद्दा पुर्‍याउने तयारी गरेको छ। प्रतिवेदन अध्ययन र अभियोगपत्र तयार गर्न पक्राउ परेका आरोपित १६ जनालाई जेठ १० गतेसम्म थुनामा राख्न अदालतले अनुमति दिएको छ।

यी हुन् पक्राउ परेकाहरू
टोपबहादुर रायमाझी
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्धामा संलग्न भएको आरोपमा हालसम्म पक्राउ परेका सर्वाधिक उच्च ओहदाका व्यक्ति हुन् पूर्वउपप्रधान तथा एमाले पार्टीका सचिव (यो प्रकरणमा संलग्न भएको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि निलम्बनमा परेका) एवम् सांसद टोपबहादुर रायमाझी। पूर्वउपप्रधानमन्त्री, ४ पटक सांसद र ५ पटक मन्त्री भएका उनी माओवादीमा रहँदा पनि पार्टी सचिव र संसदीय दलको उपनेताको जिम्मेवारीमा थिए। नेकपा विभाजित हुँदा एमालेमा बसेका रायमाझी ११ दिन फरार भएर बैशाख ३१ मा पक्राउ परेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख योजनाकार रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।

बालकृष्ण खाण
पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण नेपाली कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी गृहमन्त्री रहेकै बेला मन्त्रालयकै गाडीमा बोराका बोरा पैसा ओसारेकोदेखि मन्त्रालय नै गिरोहले कार्यालयको रुपमा प्रयोग गरेको आरोप लागेको छ। नक्कली शरणार्थी प्रकरणमा नक्कली प्रतिवेदन बनाउन गिरोहलाई सघाउने भूमिका खाणले खेलेको आरोप छ। उनी पक्राउ परेपनि कांग्रेसले उनलाई निलम्बन गरेको छैन।

आङटावा शेर्पा
संविधान सभा निर्वाचनमा रामेछापबाट निर्वाचित आङटावा शेर्पा नेपाली कांग्रेसका नेता पनि हुन्। नक्कली शरणार्थी प्रकरणमा उनले तीन ठाउँमा कार्यालय नै सञ्चालन गरी पैसा उठाएको र पीडितले घेरेपछि पैसा फिर्ता गरेको आरोप उनीमाथि छ। पक्राउ पुर्जी जारी भएपछि उनले जेठ १ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए।

टेकनाथ रिजाल
यो प्रकरणका अर्का हाइप्रोफाइलका टेकनाथ रिजाल हुन्। आफूलाई भूटानी शरणार्थीको नेता तथा मानवअधिकारकर्मी बताउने रिजाल नक्कली भुटानी शरणार्थी बनाउने अवैध धन्दामा संलग्न रहेको आरोप लागेको छ। उनी जेठ ४ गते पक्राउ परेका हुन्।

भुटानी राजाका सल्लाहकार परिषद्को सदस्यसमेत रहेका रिजाल २० वर्षयता नेपाल निर्वासनमा छन्। नेपालमा बसेकै बेला उनले नक्कली भूटानी शरणार्थी खडा गर्न खटिएका रिजालले उनीहरुको भूटानी ठेगाना तयार पार्ने जिम्मा पाएका थिए।

डा. इन्द्रजित राई
तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार थिए, डा. इन्द्रजित राई। गृह मन्त्रालयमा नै बसेर गिरोहसँग सेटिङ गरेको आरोपमा उनी वैशाख १९ गते पक्राउ परे। गिरोहका सदस्य सानु भण्डारीले उनको नाम पोलेका थिए। यो प्रकरणमा उनका छोरा निरज पनि मुछिएका छन्। निरजविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी अहिले फरार छन्।

शमशेर मियाँ
नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ जेठ ४ मासिंहदरबारभित्रै बाट पक्राउ परे। उनले युएनएचसीआरको तथ्यांक फेर्नेदेखि आफ्नो गाडी पैसा ओसार्न प्रयोग गरेको आरोप लागेको छ। उनी अनुसन्धानमा तानिएका हुन्।

टेकनारायण पाण्डे
टेकनारायण पाण्डे, तत्कालीन गृहसचिव र हाल उपराष्ट्रपति कार्यालयका सचिव थिए। बहालावाला सचिव नै संलग्न रहेको पाइएपछि उनी पक्राउ परेका हुन्। नीतिगत तहमा सबैभन्दा ठूलो भूमिका पाण्डेको थियो। गृह प्रशासन नेतृत्व गर्न लायक नभएपनि गिरोहले सेटिङ मिलाउनकै लागि २०७८ साउन २७ मा उनको सरुवा गराएको थियो।

वैशाख २० मा पक्राउ परेका पाण्डेलाई खाणले गृहमा ल्याएका हुन्। उनलाई त्यहाँ ल्याउन आरजु राणादेखि र मञ्जु खाँणले समेत भूमिका खेलेको तथ्य सार्वजनिक भएको छ। पक्राउ परेपछि हिरासतमै रहेका बेला आरजुसँग भेटेर बयान फेरेकोदेखि आरजु बचाएको आरोपसमेत उनीमाथि छ।

केशव दुलाल र सानु भण्डारी
नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार केशव दुलाल र सानु भण्डारी हुन्। उनीहरुकै बयानका आधारमा पूर्वमन्त्री रायमाझी र खाण तानिएका हुन्। २०७९ को चैत १२ गते उनीहरू पक्राउ परेपछि अनुसन्धान अघि बढेको थियो।

आफूले दिएको बयान फेरेर उतारिए हिरासतमै आत्मदाह गर्ने चुनौती सानुले दिएका थिए। यसपछि पूर्वगृहमन्त्री खाण र पूर्वउपप्रधानमन्त्री रायमाझी पक्राउ पर्न सफल भए।

नरेन्द्र केसी
पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकिय सचिव नरेन्द्र केसी चितवनको शारदा माविका पूर्वप्रध्यानाध्यापक हुन्। केसीले काज मिलाएर खाण गृहमन्त्री हुँदा स्वकीय सचिव हुने गरेका थिए। खाण पक्राउ परेकै दिन उनी पनि पक्राउ परेका हुन्।

सन्दीप रायमाझी
पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपमाथि बाबुको मतियार बनेको आरोप लागेको छ। मन्त्रालयदेखि गिरोहसम्म पुगेर पैसा उठाउने काम उनले गरेको आरोप छ।

सन्दीप शर्मा, टंक गुरुङ, सागर राई, रामशरण केसी र गोविन्द चौधरी
वैशाख २६ मा पक्राउ परेका केसी र चौधरी बिचौलिया समूहका व्यक्त हुन्। यस्तै, सन्दीप शर्मा, टंक गुरुङ र सागर राई पनि गिरोहकै सदस्य हुन्। केशव दुलाल र सानु भण्डारीका बिचौलिया भएर यिनले काम गरेका थिए। उनीहरूले अमेरिका जान चाहने नेपाली नागरिकसँग सम्पर्क गर्ने र रकम उठाउने जिम्मेवारी सम्हालेका थिए। नेपाली नागरिकबाट पैसा उठाएर योजनाकार र मन्त्रीसम्म पुर्‍याउने भूमिका पनि उनीहरुकै भएको आरोप छ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र इन्द्रजित राईका छोरा निरज राई यो प्रकरणका फरार आरोपित हुन्। यो प्रकरणमा संलग्न भएको आरोप लागेका केही व्यक्तिहरूमाथि सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २०८० जेठ ८ गते सोमबार ०८:२६
प्रतिक्रिया

थप समाचार

जलाशययुक्त आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना