काठमाडौँ- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपाल र लेबनान भिडिरहेका छन्।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ ६ बजे लेबनन र नेपाल खेल्न सुरु गरेका हुन्। दुवै टिमले जारी लिगको दोस्रो खेल खेल्दैछन्।
यसअघि पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले पराजित गरेको नेपाललाई लगातार दोस्रो खेलमा जित निकालेर फाइनलमा पुग्ने अवसर छ।
म्यानमारले ५-० गोल अन्तरले कीर्गिस्तानलाई हराएर एक खेल बाँकी छँदै फाइनलमा पुगेको छ।
अघिल्लो खेलमा नेपालकी स्टार खेलाडी सावित्रा भण्डारी साम्बाले दोस्रो हाफमा मात्र खेलेकी थिइन्। साम्बाले फ्रान्सबाट सोमबार बिहान आइपुगेर साँझ किर्गिस्तानसँग खेलेकी थिइन्।

















