काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले भारतको सर्वाधिक ठूलो लिगमा सर्वाधिक गोलकर्ता बनेकी छन्। आइतबार राति सम्पन्न भएको इन्डियन वुमन्स लिगमा २९ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता बनेकी हुन्।
गोकुलम केरेलाबाट लिग खेलेकी सावित्राले उत्कृष्ट प्रदर्शन गर्दै एक लाख भातरीय रुपैयाँसमेत प्राप्त गरिन्। फाइनल खेलमा एक गोल गरेकी सावित्राले दुई गोलका लागि पास मिलाइदिएकी थिइन्।
त्यसपछि गोलकुलमले किकस्टार्ट एफसीलाई ५–० ले हराउँदै च्याम्पियन भएको हो। यससँगै गोलकुलमले लिगमा लगातार तेस्रो उपाधि जितेको छ।
उसले यसअघि सन् २०१९–२० र २०२१–२२ को सिजन लगातार उपाधि जितेको थियो। त्यसपछि भने कोभिडको कारण लिग भएको थिएन। यता घुँडाको चोटका कारण सावित्राले अघिल्लो सिजनको लिग गुमाएकी थिइन्।
गोकुलममा नेपाली खेलाडी सावित्रा थिइन् भने किकस्टार्टमा नेपालका सरु लिम्बू र रेनुका नगरकोटे थिए।


