उपराष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान सकिएको छ। नयाँ वानेश्वरस्थित संसद् भवनमा विहान १० बजेबाट सुरु भएको मतदान सकिएको हो। निर्वाचनमा संघीय संसद्का ३११ र प्रदेशसभाका ५१८ गरी ८२९ सांसदले मतदान गरेका छन्। निर्वाचन आयोगले साँझ ६ बजेभित्र निर्वाचनको परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।
उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्।


