२०८३ कार्तिक १२ गते बुधबार

सगरमाथा आरोही हरिलाई प्रधानमन्त्रीको बधाई

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ९
hari_budhamagar (5)

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै खुट्टा गुमाएर पनि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्किएका हरि बुढामगरलाई बधाई दिएका छन्। सिंहदरवारस्थि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुढालाई बधाई दिएका हुन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुढालाई बधाई सन्देश पठाएका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिकी छोरी अवज्ञा पौडेलले राष्ट्रपतिले पठाएको बधाई सन्देश बुढामगरलाई हस्तान्तरण गरेका थिए।

ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हुन्। बुढामगरले बनाएको किर्तिमान लगन, साहस र गौरवको प्रतीकका रुपमा सबैका लागि सदैव प्रेरणाको विषय हुनेमा आफूलाई विश्वस्त रहेको राष्ट्रपति पौडेलले दिएको बधाई सन्देशमा उल्लेख छ।

‘घुँडामुनिको शारीरिक भाग गुमाउँदा पनि कुनै हिम्मत नहारी आफ्नो दैनिक जीवनयपानलाई सहज एवम् सरल बनाउँदै सगरमाथा आरोहणजस्तो दुरुह तथा साहसिक कार्य सफलतापूर्वक सम्पन्न गर्नु तपाईँको आफ्नो दृढ इच्छाशक्ति र मेहनतको प्रतिफल हो,’ राष्ट्रपति पौडेलको सो सन्देशमा भनिएको छ।

राष्ट्रपति पौडेलले शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य व्यक्तिमा जगाउन यो सफलता उदाहरणीय बनोस् भन्ने कामना गरेका छन्।

मंगलबारै सगरमाथाको सफल आरोहण गरी काठमाडौँ फर्केका बुढामगरलाई काठमाडौँमा भव्य स्वागत गरिएको थियो। उनलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

शुक्रबार सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि फर्किएका बुढा मगरको साथमा सरकार रहेको मन्त्री किराँतीले बताएका थिए। सगरमाथाको सफल आरोहण गरेकोमा उनलाई बधाई दिएका मन्त्री किराँतीले बुढाका आमाबुवालाई पनि धन्यवाद ज्ञापन गरेका थिए।

अफगानीस्तानको युद्धमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टा गुमाएका पूर्वगोर्खा सैनिक बुढा मगरले शुक्रबार दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए।

सगरमाथाको आरोहण सफलतापूर्वक गरेपछि बुढा मगरको चर्चा चुलिएको छ। सन १९७९ मा रोल्पाको मिरुल गाउँमा जन्मिएका उनी १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थिए।

प्रकाशित: २०८० जेठ ९ गते मङ्गलबार ०५:५०
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना