पोखरा- पोखरामा हुने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक रोकिएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले बैठक रोकिएको जानकारी दिएका हुन्।
मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले मुख्यमन्त्रीहरूको बैठक रोकिएको जानकारी गराएका हुन्। जेठ १० गतेदेखि मुख्यमन्त्रीहरूको बैठक तय भएको थियो।
भोलि बिहान पोखरामा हुने बैठकका लागि केही मुख्यमन्त्रीहरू आफ्नो प्रदेशबाट हिँडिसकेका थिए। बैठक रोकिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
पोखरा ग्रान्डमा तय गरिएको बैठकको प्रबन्धका लागि ठूलै रकम खर्च समेत भइसकेको छ। जेठको पहिलो साता नै गर्ने भनिएको बैठक प्रधानमन्त्रीले समय नदिएका कारण सरेको थियो।



