काठमाडौं– आज संघीय संसद्को संयुक्त बैठक बस्ने कार्यतालिका छ। संघीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको हो।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त बैठक बसालिने बताएका हुन्।
त्यसपछि प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। आजको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाले मंगलबार सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरिसकेको छ।


