काठमाडौँ- नेपाली राष्ट्रिय महिला टिमकी फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले फ्रान्सेली महिला लिगमा पेरिस सेन्ट-जर्मेन (पिएसजी)लाई दुई गोल प्रहार गरेकी छन्। साम्बाका दुई गोलका बाबजुद पनि उनको टोली एन अभान्ट ग्वेङगाम्प विजयी हुन सकेन।
घरेलु मैदानमा शुक्रवार ग्वेङगाम्पले पिएसजीले ग्वेङगाम्पको पोस्टमा ६ गोल हानेको थियो। स्टार खेलाडीले भरिएको पिएसजीविरुद्ध ग्वेङगाम्पका लागि दुवै गोल साम्बाले गरेकी थिइन्। उनले ५८औं र ८८औं मिनेटमा गोल गरेकी थिइन्।
यो सिजनमा ग्वेङगाम्पले १८ खेलमा १७ खेल हारेर अंकतालिकाको पुछारमा छ। पिएसजी ४२ अंकसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानको लियोनको ४९ अंक छ।


