यूरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बार्यन म्युनिख भिड्ने भएका छन्। शुक्रबार सार्वजनिक गरिएको ‘ड्र’ अनुसार सिटी र बार्यन म्युनिख क्वाटर फाइनलमा भिड्ने भएका हुन्।
यस्तै साविक विजेता रियल मड्रिडले इंग्लिस क्लब चेल्सी प्रतिद्वन्द्वी पाएको छ। इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब बेन्फिकासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै दुई इटालियन क्लब एसी मिलान र नापोलीबीच क्वाटरफाइनलमा प्रतिस्पर्धा हुने भएको छ। क्वाटरफाइनलको पहिलो लेग अप्रिल ११ र १२ मा हुनेछ । दोस्रो लेग १८ र १९ अप्रिलमा हुनेछ।


