२०८३ कार्तिक १३ गते बिहिबार

उपचारबाट फर्केपछि संसदमा पहिलोपटक चन्द्र भण्डारीको सम्बोधन [भिडियो]

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १०
chandra_bhandari

काठमाडौँ- जलनको उपचारबाट फर्केपछि नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रतिनिधि सभाको बैठकमा  पहिलो पटक सम्बोधन गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै भण्डारीले सरकारलाई जलनको उपचारमा केन्द्रित हुने गरी बजेट ल्याउन सुझाव दिएका छन्।

उनको सम्बोधनको सम्पादित अंश:
मलाई बोल्ने अवसर दिनुभएकोमा धन्यवाद। पुस ३ गते जलन केस भयो। मेरो जस्तो अवस्था धेरैले भोग्नु परेको छ। यो देशभर समस्या छ। गाउँमा ग्यास बस र बिजुली पुगेको छ। तर हामीले यसलाई कसरी चलाउने भनेर सिकाउन सकेनौँ। विज्ञ र पाठ्यक्रम निर्मातालाई यस विषयमा ध्यान केन्द्रित गर्नुपर्ने काम गर्न सकेनौँ।

मलाई उद्धार गरी यो अवस्थामा ल्याउने वर्तमान सरकार, सभासद, शुभचिन्तक र स्वास्थ्यकर्मीलाई आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। उपचारका लागि छिमेकमा मलाई पठाउँदा मैले अर्को पनि एउटा कुरा थाहा पाएँ। मेरो उपचार भएको अस्पतालमा तीन वर्षमा जलनपछि भेन्टिलेटरमा पुगेकामध्ये तीन जना मात्र बाँचेका रहेछन्। सौभाग्यले म एक नेपाली पनि परेँ।

जलनको उपचारका लागि हाम्रो देशमा डाक्टर र योग्य दक्ष स्वास्थ्यकर्मी छ। कीर्तिपुर अस्पतालमा मात्र ११-१२ जना विज्ञ डाक्टरहरू हुनुहुन्छ। हामीले एउटा हस्पिटल बनायौँ भने एसियाको अब्बल बन्न सक्छ भन्ने कुरा म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु। यसका लागि हामीले भवन बनाउनुपर्ने छ। दीर्घरोगका लागि सरकारले उपचारमा सहयोग गर्दै आएको छ। त्यसमा जलनका बिरामीलाई पनि थप गर्नुपर्ने रहेछ। सभामुखमार्फत् सरकारलाई मैले यो अनुरोध गरेँ।

अबको ३० वर्षमा विश्वमा पानीबाट बिजुली निकाल्ने कुरा हराउन सक्छ। सौर्य बिजुलीको प्रणाली हुनेछ। अब तीस वर्षमा ८० प्रतिशत गाडी हटेर स्वचालित गाडी आउनेछन्। मानिसहरूको दिमागमा चिप राखिनेछ र एलियनसँग कुराकानी गर्ने वैज्ञानिक अनुसन्धानले देखाएको छ। यो कुरालाई विचार गरेर सरकारको नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने हुन्छ।

हामीसँग ज्ञान पनि छ। सीप पनि छ। संसारका धेरै देशले आफैँ द्वन्द्व व्यवस्थापन गर्न सकेनन्। तर हामीले यसलाई व्यवस्थापन गरेका छौँ। हामीले त्यो अवस्थामा पनि संविधान बनाएका छौँ। त्यसबेला बेला एक ठाममा थियौँ। अब देश विकासमा पनि एकठाउँमा हुन जरुरी छ। यसबारे समीक्षा गरौँ।

हामीले संविधानमा समावेशी प्रणाली अवलम्बन गरेका छौँ। यसो गरेर हामीले संस्कृतिसहितको प्रतिनिधित्व होस् भन्न खोजेका थियौँ। तर यसो हुन सकेन। हाम्रो बजेटले थाम्न सक्ने नसक्ने विषयमा विचार गर्न सकेनौँ। हामीले सुधार गर्ने बेला भएको छ। सीप भएको व्यक्तिले यो काम गर्न सक्छ। सीपलाई प्राथमिकता दियौँ भने हाम्रो देश अघि बढ्न सक्छ।

जर्मनीले २ घण्टाभन्दा कम समय चल्ने हवाइजहाज चलाउने प्रणालीलाई क्यान्सिल गरेको छ, वातावरणका कारणले गर्दा। विमानस्थल बनाउने कुराको पछि हामी सबै दौडन्छौँ। ५९ मिनेटमा पुग्न सकिने फास्ट ट्र्याकको कुरामा हाम्रो चासो छैन। यसलाई नीति तथा कार्यक्रमले समेटेको छ।

अब यो मुलुकलाई ‘रिफर्म’को आवश्यकता छ। तब मात्र ‘पर्फम’ गर्न सकिन्छ। त्यसैले देशलाई ‘ट्रान्सफर्म’ गर्न सक्छ।

मलाई बिरमी हुँदा देशभरका साथीले सहयोग गर्नुभयो। कीर्तिपुरबाट गएर बम्बई पुगेर ७ दिनपछि ब्युँझिएँ। मलाई दिने सहयोग अस्पतालमा बनाउन प्रयोग होस्। विश्वमा रहेका युवालाई लगानी गरेर ब्याज तिनको खातामा राखिदियौँ भने अर्बौँ आउने रहेछ। हामीलाई कसैसँग पनि ऋण खोज्न नपर्ने रहेछ।

सामाजिक सुरक्षामा १ अर्ब जाँदैछ। पेट्रोलमा २.६४ खर्ब जाँदैछ। देशको यत्रो दायित्व कसरी बहन गर्ने त? अहिले जन्मेको बच्चालाई ५ हजार राखिदियौँ भने ६५ वर्षमा ४ करोड ९ लाखभन्दा बढी पर्ने रहेछ। यो अरु देशलाई पनि काम लाग्ने कुरा हो। हामीले यो कुरालाई विचार गर्ने बेला आएको छ।

भिडियो

प्रकाशित: २०८० जेठ १० गते बुधबार ०२:५६
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना