२०८३ कार्तिक १२ गते बुधबार

५ महिनापछिको अन्तर्राष्ट्रिय खेलमा नेपालले हरायो कतार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २७
nepal

काठमाडौँ- हङकङमा आजबाट सुरु भएको चारदेशीय टी–२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको हो।

कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा पुरा गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ बलमा ३८ रन बनाए। उनले ४ चौका र ३ छक्का प्रहार गरे। आसिफ शेखले २१ बलमा ४ छक्कासहित ३३ रनको योगदान दिए।

कप्तान रोहित २९ बलमा २ चौका र १ छक्कासहित २७ रनमा नटआउट रहे। भने बसीर अहमतले ३३ बलमा २ चौकासहित नटआउट ३० रन जोडे। कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो।

कतारका लागि कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए। उनले ५२ बलमा अर्धशतक पूरा गरेका थिए।

नेपालका लागि करण केसी, ललित राजवंशी, सोमपाल कामी, नन्दन यादव र गुलशन झाले १–१ विकेट लिएका थिए।

गत वर्षको अक्टोबरपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय स्पर्धा गरेको हो। पाँच महिनामा नेपाली क्रिकेटर घरेलु प्रतियोगितामै व्यस्त भएका थिए।

गत पुसमा पहिलो संस्करणको नेपाल प्रिमियर लिग र प्रधानमन्त्री कप एकदिवसीयमा राष्ट्रियस्तरका क्रिकेटरले प्रतिस्पर्धा गरेका थिए।

यी दुईवटा प्रतियोगिताअघि घरेलु खेलाडीले अन्तिमपटक गत नोभेम्बरमा आइसिसी विश्वकप लिग २ प्रतिस्पर्धा गरेका थिए। अमेरिकामा भएको विश्वकप लिग खेलमा नेपालले आयोजक अमेरिका र स्कटल्यान्डविरुद्ध खेलेको थियो। अमेरिकामा नेपालले चारमध्ये दुई खेलमा हार तथा एक खेलमा जित निकालेको थियो । नेपाल र स्कटल्यान्डबिच एक खेल वर्षाका कारण रद्द भएको थियो। अमेरिकाकै भ्रमणमा नेपालले लगातार सात खेलको हार ‘जिंक’ तोडेको थियो।

नेपालले २९ अक्टोबरमा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो।

यो ५ महिनामा नै नेपालले नयाँ मुख्य प्रशिक्षकमा पाएको छ।  अस्ट्रेलियन स्टुअर्टल नयाँ प्रशिक्षक बएका छन्। उनी १३ वैशाखपछि नेपाली टोलीमा आबद्ध हुनेछन् । उनको स्थानमा नेपाली टोलीलाई पूर्वकप्तान ज्ञानेन्द्र मल्लले हेर्नेछन्। मल्लकै प्रशिक्षणमा नेपालले हङकङमा सिरिज खेल्नेछ।

प्रकाशित: २०८१ चैत २७ गते बुधबार ११:१४
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना