काठमाडौँ- चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले चखण्डोल सामुदायिक वनमा १५०० रुख रोप्ने भएको छ।
व्यवासायिक सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले विश्व जैविक विविधता दिवसका अवसरमा रुख रोप्ने भएको हो।
२०६२ सालमा अवैध बालुवा उत्खनन् र वन फडानीको सिकार भएको काठमाडौंको मूलपानीस्थित चखण्डोलल सामुदायिक वनलाई पुन:स्थापना र पुनर्जीवित गर्ने लक्ष्यका साथ यो पहल चालेको कम्पनीले जनाएको छ।
यो वृक्षरोपणको पहिलो वर्षमा आयोजनाले ८२७ टन अक्सिजन उत्पादन गर्ने र ३१० टन कार्बन भण्डारण गर्ने प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ।


