२०८३ कार्तिक ११ गते मङ्गलबार

के काम गर्छ विराटनगरले देशमै पहिलो पटक स्थापना गरेको खगोल समितिले ?

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ११
khagol astronomy samiti
खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समिति गठन हुँदै।

काठमाडौं – देशमै पहिलो पटक स्थानीय तहबाट खगोल अध्ययन समिति स्थापना गरिएको छ। विराटनगर महानगरपालिकाले गएको जेठ ८ गते प्रविण कुमार विश्वासको अध्यक्षतामा ‘खगोल तथा अन्तरिक्ष विज्ञान अध्यन अनुसन्धान समिति’ गठन गरेको हो।

त्यसो त संघीय सरकार अन्तर्गत समग्र विज्ञान र अनुसन्धानका लागि यस्तो समिति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत गठन हुने गरेका छन्। प्रधानमन्त्री नै कुलपति रहने गरि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) सञ्चालन हुँदै आइरहेको छ। यसबाहेक नीजि क्षेत्रबाट नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो) पनि सञ्चालन भइरहेको छ। विश्वविद्यालयको पनि आफ्नै अध्ययन र अनुसन्धानका लागि व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र(रिकास्ट) स्थापना गरिएको छ। तर स्थानीय सरकारले भने यस्ता समिति गठन गरेको यो नै पहिलो पटक हो।

विराटनगरमा तीन दिन अघि स्थापना भएको समितिले दीर्घकालिन योजना बनाइ काम गर्न सक्षम हुने नासोका अध्यक्षक सुरेस भट्टराईको दाबी छ। ‘यस क्षेत्रमा लामो समयको नेपाल एष्ट्रोनोमिकल सोसाइटीको दीर्घकालीन सोच सहितको लगानी पहिलो चरणमा सार्थक भएको महसुस गरेको छु,’ उनले नयाँ समितिलाई शुभकामना दिँदै लेखेका छन्।

विराटनगरले यसअघि पनि अन्तरिक्ष र खगोलका विभिन्न गतिविधिलाई सहयोग गर्दै आइसकेको छ। विराटनगरको नगर बाल क्लबले मंगल र वृहस्पति ग्रहबीचरहेको क्षुद्रहग्र पत्ता लगाएपछि स्थानीय सरकारले सो समितिलाई टेलिस्कोप किनिदिएको थियो। उक्त टेलिस्कोप अहिले सर्वसाधारणका लागि पनि खुला गरिएको छ।

त्यसपछि खगोल गतिविधि बढ्दै जाँदा समिति निर्माण गरेर अध्ययन र अनुसान्धानको अवस्थासम्म आइपुगेको हो। ‘महानगरको नगर बालक्लब सञ्जालका पदाधिकारी तथा पूर्व सदस्यहरूद्वारा खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा हात पारेको सफलता तथा महानगर भरिका विद्यार्थीहरूको रुचिलाई मध्यनजर गर्दै यस विषयको अध्ययन, अनुसन्धान तथा प्रवर्द्धनका निम्ति विराटनगर महानगरपालिकाले समिति गठन गरेको हो,’ बाल क्लबका पूर्व सदस्या ओसन शर्मा कट्टेल भन्छन्।

उनकै समूहले पत्ता लगाएको त्यो क्षुद्रग्रह लाई विराटनगर नाम दिने ओसनले बताएका छन्। त्यसपछि विराटनगरले यस क्षेत्रमा सक्रियता देखाएको हो। अहिले स्थापना भएको समितिले अल्पकालिन र दीर्घकालिन दुई योजना बनाएर काम अघि बढाउने समिति सदस्य ओशन शर्मा बताउँछन्।

ओसनका अनुसार यस्ता छन् समितिका अल्पकालिन योजना र दीर्घकालिन योजनाः

– सुरुमा यो समितिले आफ्नो कार्ययोजना बनाउने छ। सो कार्ययोजना बनाएर नगर परिषद्सम्म पठाउनु पर्छ। तीन वर्षसम्म यो समितिले विराटनगरका विद्यार्थी, शिक्षक र आम जनमानसमा खगोलबारे जनचेतना फैलाउने छ।

– खगोल अध्ययनबारे विद्यार्थी र इच्छुकलाई चाहिले टेलिस्कोपलगायत सामग्रीको व्यवस्थापनका लागि पहल गर्नेछ।

– यो समिति अहिले महिला, बालकालिका र समाजकल्याण शाखामा रहेको छ, यसलाई शिक्षासँग पनि जोड्ने प्रयास गर्ने योजना रहेको छ। कस्तो पनि योजन हो भने विद्यालयमा पढेका सिद्धान्तहरुलाई व्यवहारिक रुपमा प्रयोग गर्न यसले समन्वय गर्नेछ। रिसर्चको अवसर प्रदान गर्नेछ।

– स्कुल कलेजमा स्ट्रोनोमी क्लब र ग्रुपलाई नगरसँग सहकार्य गराएर जागरुक गराउनका लागि यो समितिले पहल गर्नेछ।

दीर्घकालिन

– महानगरलाई स्ट्रोनोमी(अन्तरिक्ष विज्ञान) हबको रुपमा स्थापना गर्दै अघि बढ्ने। अब्जरभेटरीहरु चाहीँ हिमालतिर राख्नुपर्छ, तर त्यसको डेटा सेन्टर भने हामी विराटनगरमा बनाउने योजना छ।

– विराटनगरमा काम गर्न सक्ने रिसर्च सेन्टर बनाउन सकिन्छ। विरटनगर पूर्वको एजुकेसन हब पनि हो, त्यस हिसाबले यहाँ प्लानेटोरियम, साइन्स पार्क जस्तो संरचना बनाउने योजना छ। यसले विद्यार्थीलाई अन्तरिक्षबारे सिक्नका लागि उत्साही बनाउँछ।

प्रकाशित: २०८० जेठ ११ गते बिहिबार ०१:१०
प्रतिक्रिया

थप समाचार

एलन मस्कले गरे ट्विटरको लोगो फेर्ने घोषणा, आज लाइभ हुँदै

काठमाडौं – सामाजिक सञ्जाल ट्विटरका सञ्चालक एलन मस्कले ट्वीटरको लोगो फेर्ने बताएका छन्। हालसम्मकै ठूलो परिवर्तन मानिएको यसलाई अमेरिकी धनाढ्य मस्कले ट्वीटरको लोगो फेरेर के राख्लान् भन्ने...

दूरसञ्चार र उच्च रक्तचाप दिवस मनाउँदै सरकार 

काठमाडौँ- बुधबार विश्व दूरसञ्चार र सूचना समाज दिवस तथा विश्व उच्च रक्तचाप दिवस मनाइँदैछ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विश्व दूरसञ्चार र सूचना समाज दिवस र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना