२०८३ कार्तिक १२ गते बुधबार

उखुको रस बेचेर मासिक ९० हजार आम्दानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १०
ukhu

इटहरी उपमहानगरपालिका-६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आएका छन्। उनको गर्मी मौसममा मासिक ९० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। बढिरहेको चर्को गर्मी अनि सडक छेउमा राखिएको उखु जुसको कक्ष (स्टल) त्यस स्टलभित्र राखिएको प्रेस उपकरण, त्यही उपकरणले पेलेर दिएको मिठो जुसले यात्रीका लागि शीतलता दिनुका साथै व्यापारीको आम्दानी पनि बढाएको छ।

गौतम सात वर्ष मलेसियामा सुरक्षा गार्डका रूपमा काम गरेर स्वदेश फर्केपछि इटहरी घर नजिकै एउटा गल्लीमा उखुको जुस बनाउने व्यापार सुरु गरे। उनले ११ वर्षदेखि यही पेसा गर्दै आएको भन्दै गर्मी समयमा मासिक ९० हजारसम्म आम्दानी हुने बताए। उनका अनुसार सबै खर्च कटाएर मासिक ४० हजार बचत हुने गरेको छ।

गौतमले भने, ‘उखुको जुस बेचेर छोराछोरी पढाउनुका साथै सबै घरखर्च पुगेको छ। विदेशमा तातो घाममा दुःख गर्नुभन्दा स्वदेशमै सानै भए पनि आफ्नो व्यवसाय सञ्चालन गर्नु उपयुक्त हुन्छ।’ सुरुमा टेम्पो चलाए पनि आम्दानी नभएपछि ७० हजारमा जुस बनाउने उपकरण किनेर व्यवसाय सुरु गरेको उनको भनाइ छ। ‘जुस बनाउने उखु सहजै उपलब्ध हुन्छ, समस्या छैन। आफैँले बराहक्षेत्रमा करिब एक बिघा जग्गा भाडामा लिएर उखुखेती गरेको छु। अपुग भएमा अन्य किसानसँग किन्ने गर्दछु,’ उनले भने।

उखुको जुस स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उपयुक्त हुने इटहरीका अस्मिता श्रेष्ठले बताइन्। ‘गर्मीमा बाहिर पसलमा राखिएका तयारी जुस पिउनुभन्दा यहाँको ताजा र स्वादिलो जुस पिउँदा स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ’, उनले भनिन्। गौतमजस्तै धरान उपमहानगरपालिका–५ का दीपक श्रेष्ठ १० वर्ष कतार र चार वर्ष इरानमा काम गरेर स्वदेश फर्किए। उनले अहिले धरानका गल्लीगल्लीमा आफ्नो व्यवसायलाई विस्तार गरेका छन्। यही पेसाबाट जीविकोपार्जन भइरहेको उनले बताए।

‘सुरुमा धेरै चुनौती र समस्याहरू भए पनि अहिले यो व्यवसायले सन्तुष्टि दिएको छ। अहिले मसँग सामूहिक रूपमा काम गर्ने दुई जना साथी पनि जोेडिनुभएको छ। हामीले सामूहिक रूपमा धरान, इटहरीलगायत विभिन्न ठाउँमा उखुको जुसको कक्ष राखेका छौँ’, क्षेष्ठले भने।

सानो लगानी भए पनि जुसका लागि उखु खरिद, उपकरण, बजारको प्रतिस्पर्धी वातावरणसँग जुध्नुपर्ने भएकाले सुरुवातमा चुनौतीपूर्ण रहेको उनले सुनाए। उनले भने, ‘सुरुमा ग्राहक आउनुहुँदैनथ्यो। गल्लीहरू र घरघरमा गएर जुस खाइदिनुपर्‍यो भन्दै बेचेर हिँड्यौँ। अहिले भने ग्राहकले फोन गरेर जुसको कक्ष खोज्दै आउनुहुन्छ।’

श्रेष्ठको स्टलमा १० वर्षदेखि एक जनाले रोजगारीसमेत पाएका छन्। झापामा तीन बिघा जग्गामा उखुखेती गरेको बताउँदै उनले खेतीमा सहजीकरण गर्न थप दुई जनालाई रोजगारी दिएको जानकारी दिए।

‘आफ्नो व्यवसायसँगै अरुलाई रोजगार दिन सक्दा गर्व महसुस हुन्छ। सानो लगानीबाट सुरु गरेको व्यवसायबाट अहिले मनग्ये आम्दानी भइरहेको छ। व्यापार सधैँ एकनासको हुँदैन तर सन्तोषजनक छ। सबै कर्मचारीलाई तलब, छोराछोरी पढाउने, घर खर्च पुगेर ७० हजार बचत हुन्छ’, उनले भने।

श्रेष्ठले आफ्नो जुस व्यवसायलाई व्यापारका रूपमा मात्र नलिएर स्वास्थ्य र वातावरणका लागि प्रभावकारी विकल्पका रूपमा लिएको बताए। ‘तयारी जुसमा स्वास्थ्यलाई असर गर्ने अनावश्यक केमिकलहरू हुन्छन्। हामीले बनाउँदा उखु, बिरे नुन, पुदिना, कागती र घरमा बनाइएका बरफ प्रयोग गर्छौं। जुस प्रतिगिलास ५० मा बिक्री हुन्छ’, उनले भने।

जाडो मौसममा अरुको घरमा काम गरे पनि गर्मीको समयमा उखुको जुसको व्यवसायले जीविकोपार्जन हुने गरेको इटहरी–२० का अमिर खड्काले बताए। उनले भने, ‘जाडो मौसममा अरुको ज्यालामजदुरी गरे पनि माघ अन्तिमदेखि भदौसम्म जुसको व्यवसाय गर्दै आएको छु।’ उनका अनुसार माघदेखि भदौसम्म मासिक रूपमा ६० देखि ७० हजारसम्म आम्दानी हुन्छ।

गर्मीको समय सुरु भएसँगै धरान, इटहरीलगायत बजार क्षेत्रमा उखुको जुस बिक्री गर्ने सयौँ व्यवसायी छन्। कम लगानीमा मनग्ये आम्दानी हुने भएकाले यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको हो। रासस

प्रकाशित: २०८२ बैशाख १० गते बुधबार ०३:४८
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना