२०८३ साउन १३ गते बुधबार

उखुको रस बेचेर मासिक ९० हजार आम्दानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १०
ukhu

इटहरी उपमहानगरपालिका-६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आएका छन्। उनको गर्मी मौसममा मासिक ९० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। बढिरहेको चर्को गर्मी अनि सडक छेउमा राखिएको उखु जुसको कक्ष (स्टल) त्यस स्टलभित्र राखिएको प्रेस उपकरण, त्यही उपकरणले पेलेर दिएको मिठो जुसले यात्रीका लागि शीतलता दिनुका साथै व्यापारीको आम्दानी पनि बढाएको छ।

गौतम सात वर्ष मलेसियामा सुरक्षा गार्डका रूपमा काम गरेर स्वदेश फर्केपछि इटहरी घर नजिकै एउटा गल्लीमा उखुको जुस बनाउने व्यापार सुरु गरे। उनले ११ वर्षदेखि यही पेसा गर्दै आएको भन्दै गर्मी समयमा मासिक ९० हजारसम्म आम्दानी हुने बताए। उनका अनुसार सबै खर्च कटाएर मासिक ४० हजार बचत हुने गरेको छ।

गौतमले भने, ‘उखुको जुस बेचेर छोराछोरी पढाउनुका साथै सबै घरखर्च पुगेको छ। विदेशमा तातो घाममा दुःख गर्नुभन्दा स्वदेशमै सानै भए पनि आफ्नो व्यवसाय सञ्चालन गर्नु उपयुक्त हुन्छ।’ सुरुमा टेम्पो चलाए पनि आम्दानी नभएपछि ७० हजारमा जुस बनाउने उपकरण किनेर व्यवसाय सुरु गरेको उनको भनाइ छ। ‘जुस बनाउने उखु सहजै उपलब्ध हुन्छ, समस्या छैन। आफैँले बराहक्षेत्रमा करिब एक बिघा जग्गा भाडामा लिएर उखुखेती गरेको छु। अपुग भएमा अन्य किसानसँग किन्ने गर्दछु,’ उनले भने।

उखुको जुस स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उपयुक्त हुने इटहरीका अस्मिता श्रेष्ठले बताइन्। ‘गर्मीमा बाहिर पसलमा राखिएका तयारी जुस पिउनुभन्दा यहाँको ताजा र स्वादिलो जुस पिउँदा स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ’, उनले भनिन्। गौतमजस्तै धरान उपमहानगरपालिका–५ का दीपक श्रेष्ठ १० वर्ष कतार र चार वर्ष इरानमा काम गरेर स्वदेश फर्किए। उनले अहिले धरानका गल्लीगल्लीमा आफ्नो व्यवसायलाई विस्तार गरेका छन्। यही पेसाबाट जीविकोपार्जन भइरहेको उनले बताए।

‘सुरुमा धेरै चुनौती र समस्याहरू भए पनि अहिले यो व्यवसायले सन्तुष्टि दिएको छ। अहिले मसँग सामूहिक रूपमा काम गर्ने दुई जना साथी पनि जोेडिनुभएको छ। हामीले सामूहिक रूपमा धरान, इटहरीलगायत विभिन्न ठाउँमा उखुको जुसको कक्ष राखेका छौँ’, क्षेष्ठले भने।

सानो लगानी भए पनि जुसका लागि उखु खरिद, उपकरण, बजारको प्रतिस्पर्धी वातावरणसँग जुध्नुपर्ने भएकाले सुरुवातमा चुनौतीपूर्ण रहेको उनले सुनाए। उनले भने, ‘सुरुमा ग्राहक आउनुहुँदैनथ्यो। गल्लीहरू र घरघरमा गएर जुस खाइदिनुपर्‍यो भन्दै बेचेर हिँड्यौँ। अहिले भने ग्राहकले फोन गरेर जुसको कक्ष खोज्दै आउनुहुन्छ।’

श्रेष्ठको स्टलमा १० वर्षदेखि एक जनाले रोजगारीसमेत पाएका छन्। झापामा तीन बिघा जग्गामा उखुखेती गरेको बताउँदै उनले खेतीमा सहजीकरण गर्न थप दुई जनालाई रोजगारी दिएको जानकारी दिए।

‘आफ्नो व्यवसायसँगै अरुलाई रोजगार दिन सक्दा गर्व महसुस हुन्छ। सानो लगानीबाट सुरु गरेको व्यवसायबाट अहिले मनग्ये आम्दानी भइरहेको छ। व्यापार सधैँ एकनासको हुँदैन तर सन्तोषजनक छ। सबै कर्मचारीलाई तलब, छोराछोरी पढाउने, घर खर्च पुगेर ७० हजार बचत हुन्छ’, उनले भने।

श्रेष्ठले आफ्नो जुस व्यवसायलाई व्यापारका रूपमा मात्र नलिएर स्वास्थ्य र वातावरणका लागि प्रभावकारी विकल्पका रूपमा लिएको बताए। ‘तयारी जुसमा स्वास्थ्यलाई असर गर्ने अनावश्यक केमिकलहरू हुन्छन्। हामीले बनाउँदा उखु, बिरे नुन, पुदिना, कागती र घरमा बनाइएका बरफ प्रयोग गर्छौं। जुस प्रतिगिलास ५० मा बिक्री हुन्छ’, उनले भने।

जाडो मौसममा अरुको घरमा काम गरे पनि गर्मीको समयमा उखुको जुसको व्यवसायले जीविकोपार्जन हुने गरेको इटहरी–२० का अमिर खड्काले बताए। उनले भने, ‘जाडो मौसममा अरुको ज्यालामजदुरी गरे पनि माघ अन्तिमदेखि भदौसम्म जुसको व्यवसाय गर्दै आएको छु।’ उनका अनुसार माघदेखि भदौसम्म मासिक रूपमा ६० देखि ७० हजारसम्म आम्दानी हुन्छ।

गर्मीको समय सुरु भएसँगै धरान, इटहरीलगायत बजार क्षेत्रमा उखुको जुस बिक्री गर्ने सयौँ व्यवसायी छन्। कम लगानीमा मनग्ये आम्दानी हुने भएकाले यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको हो। रासस

प्रकाशित: २०८२ बैशाख १० गते बुधबार ०३:४८
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना