काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सरकारको नीति तथा कार्यक्रमबारे प्रश्न गर्दै छन्। सांसदले उठाएका प्रश्नोत्तरको जवाफ प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा दिनेछन्।
प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ। आजको बैठकमा राष्ट्रपतिले ५ जेठमा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ।
प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ। संसद्बाट नीति तथा कार्यक्रम पारित भएपछि सरकारले संवैधानिक प्रावधानअनुसार १५ जेठमा आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ।


