२०८३ कार्तिक ११ गते मङ्गलबार

गण्डकी बजेट : भौतिक पूर्वाधारलाई ११ अर्बको सीमा!

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

पोखरा, जेठ १२
gandaki_infra

पोखरा- गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट निर्माणको कामलाई तीव्रता दिएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले रुग्ण आयोजनालाई पूर्णता दिन पर्याप्त बजेट पुग्ने गरी योजना निर्माणको काम भइरहेको जानकारी गराएका हुन्।

आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयले ११ अर्बको सीमा निर्धारण गरेर बजेट निर्माणको तयारी गरिरहेको मन्त्रालय स्रोतको भनाइ छ। पूराना आयोजनालाई सम्पन्न गर्ने गरी बजेट व्यवस्थापन गर्ने र नयाँ आयोजनाका लागि पनि बजेटको थ्रेसहोल्ड बनाउने विषयमा मन्त्रालयले हालै सरोकारवाला कार्यालयका प्रमुखहरूसँग छलफल गरेको थियो। उक्त छलफलमा मन्त्रीले आगामी आवमा मन्त्रालयलाई प्राप्त हुन सक्ने बजेटको सीमा, प्राथमिकताका आयोजना, रुग्ण आयोजना र आयोजनामा भइरहेको कामको प्रगतिबारे छलफल गरेका थिए। छलफल सकारात्मक भएको मन्त्रालयका सचिव तुलसी भट्टराईले जानकारी दिए।

बैठकमा मन्त्री जुग्जालीले रुग्ण आयोजनालाई सक्दो छिटो पूरा गर्ने वातावरण बनाउन निर्देशन दिए। त्यसका लागि बजेट अभाव हुन नदिने उनको प्रतिबद्धता थियो। मन्त्रालयको बजेट निर्माण प्रक्रियाका विषयमा पनि मन्त्री जुग्जालीले सहभागीहरूलाई जानकारी गराएका थिए।

‘रुग्ण आयोजनालाई पूरा गर्न हामी निर्मम भएर लाग्नुपर्छ,’ उनले भने, ‘आयोजना होल्ड भइरहने, प्रगति पनि नदेखिने र नयाँ आयोजना पनि थपिने भएकाले रुग्ण आयोजनालाई पूर्णता दिन केन्द्रित हुनुपर्छ। यसका लागि सरकारले बजेट व्यवस्था गर्छ। आगामी आवमा बजेटको कमी हुनेछैन भन्नेमा म विश्वस्त छु।’

बैठकमा सहभागी कार्यालय प्रमुखले थोरै बजेटलाई धेरै आयोजनामा छर्न भन्दा पनि कुनै आयोजना सम्पन्न हुने गरी बजेटको व्यवस्था गर्न सुझाव दिएका थिए। दरबन्दी अनुसारका जनशक्तिको अभावलगायतका कारण समस्या भएको भन्दै आवश्यकता, औचित्यता र प्रभावकारिताका आधारमा प्रदेश सरकारको उपलब्धि देखिने योजनामा बजेट व्यवस्थापन गर्न उनीहरूको सुझाव थियो।

‘ठेक्का तोडेर भएपनि अघि बढ्नुस्’
कार्यान्वयन हुन सक्ने, हुन नसक्ने र ठेक्का तोड्नुपर्ने आयोजनाहरुको वर्गीकरण गरेर समयतालिका बनाइ लापरबाही गर्ने व्यवसायीलाई कारबाही र ठेक्का तोड्ने प्रक्रिया अघि बढाउन मन्त्री जुग्जालीको निर्देशन छ।

राखिरहँदा फाइदा छैन भन्ने पहिचान भएका आयोजनाको ठेक्का तोडेर अघि नबढ्ने हो भने समस्या समाधान नहुने मन्त्री जुग्जालीको भनाइ थियो। ‘निर्माण व्यवसायीहरुको कही न कही शक्तिकेन्द्रसँग जोडिएकै छन्,’ उनले भने ‘परिणाम ननिस्किने आयोजना हो भने जे प्रेसर आए पनि हामीले आँट गर्नपर्छ। त्यसको सामना गर्न म तपाईहरुको साथमा छु।’

राम्रो गर्नका लागि अडान लिने र अगाडि बढ्ने बताउदै मन्त्री जुग्जालीले कर्मचारीहरुले पनि निस्वार्थ र निसर्त हिसाबले आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे। ‘मैले तपाईंहरुलाई निसर्त र निस्वार्थ हिसाबले काम गर्ने वातावरण बनाउछु,’ उनले भने, ‘आस्थाकै आधारमा फरक व्यवहार कसैलाई हुदैन भन्नेमा स्पष्ट हुनुहोस्।’

नियतवश मन्त्रालयको कामलाई असफल बनाउन खोज्ने विषय सह्य नहुने मन्त्री जुग्जालीले चेतावनी दिए। ‘राम्रो गर्नेलाई सबै हिसाबले साथ सहयोग हुन्छ,’ उनले भने, ‘वातावरण बनाउदा बनाउँदै पनि कताबाट असफल बनाउने भन्ने हिसाबले व्यवहार र काम देखाउने अनि शक्ति केन्द्र धायो भने मलाई सह्य हुँदैन।’

निर्माणका विषयमा निर्माण व्यवसायीलाई नै सहभागी नबनाइने पुरानै परिपाटी हो। वर्तमान समयमा १ करोडसम्मका योजना समितिबाट गराउने प्रचलन बढ्दो छ। समितिका पदाधिकारीसँग निर्माणसम्बन्धी ज्ञान नहुँदा रुग्ण योजना थपिँदै गएका छन्। समितिका पदाधिकारीहरु योजनाको काममा भन्दा अरु काममा नै व्यस्त हुने हुदा समस्या दोहोरिने गरेको छ।

मन्त्रालयमा जुग्जाली आएपछि आफूहरुका समस्या समाधान हुने , कार्यक्रम र गोष्ठी सेमिनारहरुमा आफूहरुलाई पनि समावेश गराउने अपेक्षा राखेको नेपाल निर्माण व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष टंकराज बराल बताउँछन्। बरालले भने हाम्रा व्यवसायीहरुका कारण रुग्ण भएका योजना कमै नै छन्। ठूला व्यवसायीका कारण आफूहरुका साना व्यवसायीलाइ मर्का परेको बताए।

कर्मचारीहरु र प्राविधिकहरुले नै कमि कमजोरी गर्ने गर्छन तर दोष निर्माण व्यवसायीमाथि थोपर्ने परिपाटीको अन्त्य हुनुपर्ने नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीका सहसचिव कृष्ण ढकाल बताउछन्।

‘अहिलेको परिस्थितिमा हाल काम भइसकेका साथै चालु ठेक्काको भुक्तानी नदिएको, तर थप ठेक्काहरू भने बिना बजेट ठेक्का लगाइएको छ। भुक्तानीमा कर्मचारीले नै अफ्ठेरो पारेका छन,’ उनले भने।

प्रकाशित: २०८० जेठ १२ गते शुक्रबार ११:३०
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना