काठमाडौँ- श्रमिक वर्गको संघर्षको ऐतिहासिक दिन मे १ लाई विश्वभरका श्रमिकहरुले प्रत्येक वर्ष मनाउँदै आइरहेका छन्।
सोही अवसरमा आज अखिल नेपाल ट्रेड यूनियन महासंघले काठमाडौँको सुन्धारादेखि प्रज्ञाप्रतिष्ठानसम्म र्याली तथा औपचारिक कार्यक्रम आयोजना गरेको छ।
यस्तै नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)को आयोजनामा भृकुटीमण्डपबाट पनि र्याली निकालिएको छ।
भृकुटीमण्डपबाट निस्किएको र्याली सुन्धारा, रत्नपार्क हुँदै पुन: भृकुटीमण्डप कार्यक्रमस्थल पुगेको छ।
मजदुर दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


