काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा डिजिटल बैंक र ब्याड बैंक स्थापना गर्ने घोषणा गरेको छ। बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्ने सम्पत्ति व्यवस्थापन कम्पनी (ब्याड बैंक) स्थापना गर्ने घोषणा सरकारले गरेको हो।
सूचना प्रविधिको पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले डिजिटल बैंक पनि स्थापना गर्ने घोषणा गरेको हो।
संसदमा सरकारको नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति पौडेलले नीतिगत र कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गर्ने र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गर्ने नीति लिने घोषणा गरे।
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गर्ने पनि घोषणा गरे।


