काठमाडौँ- वसन्त ऋतुसँगै काठमाडौँ सहरको दृश्य बैजनी रंगले मनमोहक बनेको छ। केही समय अघिसम्म प्रदूषणले आक्रान्त उपत्यका बेलाबेलाको वर्षाले पखालिएको पनि छ।
वैशाख लागेसँगै काठमाडौँमा बचेखुचेका बोटविरुवा फुल्न थालेका छन्। सडक किनारमा लगाइएका ज्याकराण्डाका फूलले मानिसको मन लोभ्याइरहेका छन्। बैजनी पृष्ठभूमिमा फोटो-भिडियो खिच्नेहरु पनि बढेका देखिन्छन्।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


