काठमाडौँ- पाटन संयुक्त क्याम्पसमा आज स्ववियु निर्वाचन जारी छ। निर्वाचनमा विद्यार्थीहरुले मतदान गरिरहेका छन्। सो क्याम्पसमा २०८१ चैत ५ गते निर्वाचन रोकिएको थियो।
चैत ५ गतेको निर्वाचन रोकिएपछि चैत १६ गतेका लागि अर्को मिति तोकिएको थियो। त्यसपछि स्ववियु निर्वाचन गराउन भन्दै उच्च अदालत पाटनमा दायर भएको उत्प्रेषणको मुद्दामा चैत २५ गते तत्काल निर्वाचन गराउन आदेश भएको थियो।
अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुसहितको बैठकले शनिवार (आज) निर्वाचन गराउने सहमति गरेका थिए।


