२०८३ कार्तिक १२ गते बुधबार

भारत र पाकिस्तानमध्ये कोसँग छ बलियो हवाइ प्रतिरक्षा प्रणाली?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २६
india_pak

भारत पाकिस्तान द्वन्द्व सुरु भएपछि मे ८ को राती पाकिस्तानी ड्रोन र मिसाइललाई भारतको एयर डिफेन्स सिस्टमले असफल पारिदिएको दाबी गरेको छ। भारतको दाबी रहेको यो समाचार आएसँगै खासगरी भारती वायुसेनाले प्रयोग गर्ने एस-४०० डिफेन्स सिस्टमको चर्चा छ। यद्यपि, पाकिस्तानले भारतको यो दाबीलाई अस्वीकार गरेको छ र भारतमा ड्रोन र मिसाइल आक्रमण गरेको कुरालाई नकारेको छ।

कुनै पनि देशको लागि हातहतियार महत्वपूर्ण हुन्छन्। पछिल्लो समय युद्ध जमिनमा मात्र नभएर आकाश पनि हुन थालेकाले हवाई हतियार र प्रणालीको महत्त्व झन् बढेको छ। लडाकु विमान, ड्रोन, मिसाइल र हेलिकोप्टर नष्ट गर्ने प्रविधि आधुनिक युद्धकौशलका सामग्रीको महत्व धेरै बढेको छ।

भारत र पाकिस्तानका सीमा क्षेत्रमा प्रायः तनाव भइरहन्छ। यसर्थ यी दुवै देशले हवाइ हतियार तयारी अवस्थामा राख्ने गरेका छन्। एयर डिफेन्स सिस्टम कुनै देशको सुरक्षाका लागि मात्र नभएर विपक्षीको मनोबल कमजोर पार्ने रणनीतिका लागि पनि महत्वपूर्ण मानिन्छन्। कतिपय अवस्थामा हातहतियार रक्षा प्रणालीका यस्ता रणनीति सफल पनि भइरहेका हुन्छन्।

सामान्य रूपमा हामीले बुझ्ने गरेको वायु प्रतिरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम)को विशेष रूपमा कस्ता विशेषता हुन्छन् त? वायु प्रतिरक्षा प्रणाली प्रणालीले दुश्मनका विमान, मिसाइल, ड्रोन र अन्य हवाई खतराहरूबाट सुरक्षा गर्दछ। यो प्रणालीले राडार, सेन्सर, मिसाइल र गन सिस्टमको प्रयोग गरेर हवाई खतराहरूको पत्ता लगाएर सूचना दिन्छ भने तिनीहरूलाई ट्र्याक पनि गरिरहेको हुन्छ। यसका साथै दुश्मनले चलाएका आक्रमणका कारबाहीलाई पनि नष्ट गर्न जवाफी कारबाही गर्न सक्छ।

वायु प्रतिरक्षा प्रणालीलाई स्थिर (स्थायी रूपमा तैनाथ) वा मोबाइल (चलायमान) रूपमा तैनाथ गर्न सकिन्छ। यो सानो ड्रोनदेखि ब्यालिस्टिक मिसाइल जस्ता ठूला खतराहरूलाई रोक्न पनि सक्षम हुन्छ। यसको मुख्य उद्देश्य हवाई आक्रमणबाट नागरिक क्षेत्र, सैन्य आधार र महत्त्वपूर्ण संरचनाहरूको रक्षा गर्नु हो।

एयर डिफेन्स सिस्टमले चार मुख्य भागमा काम गर्दछ। रडार र सेन्सरले दुश्मनका विमान, मिसाइल र ड्रोनको पत्ता लगाउँछन्। कमान्ड एन्ड कन्ट्रोल सेन्टरले डाटा प्रशोधन गरी प्राथमिकता निर्धारण गर्छ। हतियार प्रणालीले खतराहरूलाई रोक्छ, जबकि मोबाइल युनिटहरू तैनाथ हुन्छन्, जसले यसलाई युद्धभूमिमा अत्यन्त प्रभावकारी मानिन्छ।

एयर डिफेन्स सिस्टमले कसरी काम गर्छ त? एयर डिफेन्स सिस्टमले धेरै चरणहरूमा काम गर्दछ। जसमा खतरा पत्ता लगाउने, खतरा ट्र्याक गर्ने, र अन्ततः उसलाई हानी पुर्‍याउनुअघि समाप्त गर्ने काम मुख्य चरण हुन्। हरेक चरणमा आधुनिक प्रविधि र सञ्चालनले धेरै महत्त्व राख्छ।

पहिलो चरणमा, रडार र अन्य सेन्सर प्रविधिहरूको प्रयोग गरेर हवाई खतराहरूको पत्ता लगाइन्छ। रडारले इलेक्ट्रोम्याग्नेटिक तरंगहरू पठाउँछ र दुश्मनका विमान वा मिसाइलहरूको स्थिति पत्ता लगाउँछ। लामो दूरीका रडार, मध्यम दूरी र छोटो दूरीका रडारका साथै इलेक्ट्रोनिक सेन्सर र इन्फ्रारेड सेन्सर जस्ता उपकरणहरूले दुश्मनका विमानहरूबाट निस्कने संकेतहरू समातेर तिनीहरूको सही स्थान पत्ता लगाउँछन्। यही चरणमा खतराको गति, खतराको प्रकार जस्तै कस्तो प्रकारको ड्रोन वा हवाईजहाज वा मिसाइलबाट आक्रमण हुन लागेको छ भन्ने कुरा पत्ता लगाउन सक्छ।

दोस्रो चरणमा खतराको ट्र्याकिङ हुन्छ। यसमा आक्रमण गरिरहेका उपकरणहरू जस्तै ड्रोन, मिसाइल वा फाइटर जेट्सको गतिविधि, मार्ग र अन्य गतिविधिहरूको सही जानकारी सङ्कलन गरिन्छ। रडार, लेजर रेन्ज फाइन्डर र डेटा लिंक नेटवर्क मार्फत दुश्मनका विमान वा मिसाइलहरूको गति, उचाइ, र दिशामा ट्र्याक गर्न सक्छ। खतराको ट्र्याकिङ धेरै महत्त्वपूर्ण छ। किनभने आक्रमण वा युद्धको समयमा ट्र्याकिङ सिस्टमले दुश्मनले चलाएका मिसाइल, ड्रोन वा फाइटर जेट्सका साथै आफ्नै फाइटर जेट्स वा मिसाइलहरूलाई पनि ट्र्याक गरिरहेको हुन्छ।

एयर डिफेन्स सिस्टम कति शक्तिशाली छ?

भारतको एयर डिफेन्स सिस्टम आफ्नो धेरै तह र प्रणालीमा विविधताको लागि चिनिन्छ। रूसी, इजरायली र स्वदेशी प्रविधिहरूको मिश्रण भएकाले आफ्नो देशको वायु प्रतिरक्षा प्रणाली प्रभावकारी भएको भारतको दाबी छ।

भारतले सन् २०१८ मा रूसबाट ५ एस-४०० मिसाइल सिस्टम खरिद गर्ने सम्झौतामा सहमति जनाएको थियो। यसको तुलना अमेरिकाको उत्कृष्ट प्याट्रियट मिसाइल एयर डिफेन्स सिस्टमसँग गरिन्छ। भारतले रूसलाई ५.४३ अर्ब डलर दिएर उक्त सिस्टम किनेको थियो।

एस-४०० एक मोबाइल सिस्टम हो, जसलाई सडक मार्फत ल्याउन-लैजान सकिन्छ। ५-१० मिनेटभित्र यसलाई पूर्ण रूपमा तैनाथ गर्न सकिने विशेषता यसमा हुन्छ।

इन्डियन एक्सप्रेसका अनुसार भारतसँग एस-४०० ट्रायम्फ बाहेक, बराक-८ र स्वदेशी आकाश मिसाइल सिस्टम पनि वायु प्रतिरक्षामा महत्त्वपूर्ण छन्। छोटो दूरीका खतराहरूसँग सामना गर्न स्पाइडर र इग्ला जस्ता सिस्टमहरूको उपयोग गरिन्छ।

‘म हाम्रो देशको सुरक्षामा तैनाथ उपकरणहरूको जानकारी साझा नगरीकन भन्न चाहन्छु कि भारत र पाकिस्तानको वायु प्रतिरक्षा प्रणालीको अन्तर स्पष्ट छ,’ रिटायर्ड मेजर डाक्टर मोहम्मद अली शाहले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘पाकिस्तानको एयर डिफेन्स सिस्टमलाई हाम्रो सेनाहरूले क्षति पुर्‍याएका छन्। भारतीय वायु प्रतिरक्षा प्रणालीले धेरै स्थानहरूमा पाकिस्तानी प्रयासहरू र जम्मूमा उडिरहेका ड्रोनलाई सफलतापूर्वक रोकेको छ। रूसबाट एस-४०० खरिद गर्दा प्रतिबन्धहरूको जोखिम थियो, तर आज त्यही प्रणालीले अनगिन्ती भारतीयहरूको ज्यान बचाइरहेको छ।’

भारतीय रक्षा मन्त्रालयका अनुसार पाकिस्तानले मे ८ मा ड्रोन र मिसाइलको प्रयोग गरेर भारतका धेरै सैन्य आधारहरूलाई निशाना बनाउने प्रयास गरेको थियो। जसलाई भारतले असफल पारेको दाबी उसको छ। यसैबीच पाकिस्तानले यी आक्रमणहरूमा आफ्नो हात रहेको कुरा अस्वीकार गरेको छ भने भारतका २५ ड्रोन खसालेको उसको दाबी छ। यी दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन।

पाकिस्तानको एयर डिफेन्स सिस्टम कस्तो छ त? सन् २०१९ पछि भारतले रूसी एस-४०० एन्टी-एयरक्राफ्ट मिसाइल सिस्टम हासिल गर्‍यो भने जबकि पाकिस्तानले चीनबाट एचक्यू-९ एयर डिफेन्स सिस्टम प्राप्त गरेको छ।

टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानको वायु प्रतिरक्षा प्रणाली मुख्य रूपमा चीन र फ्रान्सको प्रविधिहरूमा आधारित छ। यसको प्रमुख हिस्सा एचक्यू-९ मिसाइल सिस्टम हो। यसले १२० देखि ३०० किलोमिटर सम्मको दूरीमा खतराहरूलाई रोक्न सक्छ। यसका साथै, फ्रान्सबाट आयातित स्पाडा एयर डिफेन्स सिस्टम हवाई आधार र अन्य महत्त्वपूर्ण स्थानहरूको सुरक्षाका लागि उपयोग गरिन्छ।

पाकिस्तानी वायु सेनाका पूर्वभाइस एयर मार्शल इकरामुल्लाह भट्टीले बीबीसी उर्दूसँगको कुराकानीमा भनेका छन्- ‘पाकिस्तानको एयर डिफेन्स सिस्टममा छोटो दूरी, मध्यम दूरी र लामो दूरीको सतहबाट मार हान्ने क्रूज र ब्यालिस्टिक मिसाइलहरूलाई रोक्ने क्षमता छ। पाकिस्तानले आफ्नो डिफेन्स सिस्टममा चीनद्वारा निर्मित एचक्यू-१६ एफई डिफेन्स सिस्टम पनि समावेश गरेको छ, जुन सतहबाट सतहमा मार हान्ने मिसाइल, क्रूज मिसाइल र युद्धपोतहरू विरुद्ध प्रभावकारी छ।’ यद्यपि हावाबाट जमिनमा मार हान्ने मिसाइलहरूलाई रोक्ने प्रणाली नभएको बताउने गरिएको छ।

यद्यपि दुवै देशका एयर डिफेन्स सिस्टम अत्यन्तै उन्नत भइसकेका छन्। तैपनि यिनीहरूले धेरै चुनौतीहरूको सामना गर्नुपर्छ। हाइपरसोनिक मिसाइल र स्वार्म ड्रोनको बढ्दो खतराले यी प्रणालीहरूलाई अझ विकसित गर्ने आवश्यकता बढाएको छ। भविष्यमा, आर्टिफिसियल इन्टेलिजेन्स र लेजर आधारित हतियारले एयर डिफेन्सलाई अझ विकसित र सस्तो बनाउन सक्छ। एआई सिस्टमले खतराको छिटो पहिचान गर्ने प्रविधि विकास हुन सक्छ।

–बीबीसी हिन्दीबाट भावानुवाद

प्रकाशित: २०८२ बैशाख २६ गते शुक्रबार ०८:१०
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना