२०८३ कार्तिक ११ गते मङ्गलबार

सिनेमाघरमा मात्र होइन, सिंहदरवारमा पनि चल्दैछ ‘टुल्की’

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १३
sinhadurbar

शुक्रबारदेखि नेपाली सिनेमा घरहरुमा ‘टुल्की’ फिल्म चलिरहेको छ। बहुपति प्रथामा आधारित ‘टुल्की’ फिल्मकी टुल्की पात्रले जसरी दर्शकको मन रुवाउँछिन्, सिंहदरबारमा चलेको अर्को टुल्की फिल्मले नेपाली जनतालाई त्यो भन्दा बढी रुवाइरहेको छ।

टुल्की फिल्मले सिनेमा घरभित्र २ घण्टा रुवाउने हो। तर, सिंहदरबारमा बसेका राज्य सञ्चालकले नेपाली जनतालाई फिल्मकी ‘टुल्की’ पात्रलाई जस्तै वर्षौँदेखि रुवाउँदै आइरहेका छन्।

टुल्की फिल्म बहुपति प्रथामा आधारित छ। टुल्की पात्रले पहिलो पटक रजस्वला भएको केही समयमा नै (सानै उम्मेरमा) विवाह गर्छिन्। उनले विवाह गरेर गएको घरमा तीन भाई हुन्छन्। तीन भाइमा टुल्कीलाई लैजाने कान्छो भाइ हुन्।

तर टुल्की तीन भाइको श्रीमती बन्नु पर्ने बाध्यतामा पर्छिन्। टुल्कीलाई विवाह गर्ने कान्छो भाइले सबैको श्रीमति बनाउनका लागि इच्छा नदेखाएको भएपनि संस्कारले गर्दा उनको इच्छा विपरीत टुल्की तीन भाइकै श्रीमति बन्छिन्।

त्यसपछि दर्शकलाई टुल्कीको पीडाले रुवाउँछ। टुल्कीलाई तीन भाइले कुन बार कोसँग सुत्ने भनेर बाँड्छन्। फिल्ममा विवाहको पहिलो रात टुल्की तीनै भाइसँग सुत्नुपर्ने बाध्यता हुन्छ। उनलाई त्यो रात असह्य भएको दर्शकलाई हेर्न कठिन हुन्छ।

त्यसपछिका दिनहरुमा तीन भाइले टुल्कीलाई पालैपालो बाँडेर लुट्छन्। फिल्ममा टुल्कीको दर्जा श्रीमतीको रुपमा भएको महसुस हुँदैन। उनी एक उपभोग्य सामानको रुपमा तीन भाइसँग बाँडिन्छिन्।

नेपाली राजनीतिमा पनि टुल्की फिल्मका तीन भाइले ‘टुल्की’ पात्रलाई लुटेको भन्दा कम दृष्य छैन। विशेषतः फिल्मका तीन भाइजस्तै देशका तीन ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले पालै–पालो देशमाथि ‘लुट मच्चाइरहेको’ दृष्य नेपाली जनताहरुले टुलुटुलु हेरिबसेका छन्।

टुल्की फिल्ममा ‘टुल्की’लाई लुट्न तीन भाइको मिलेमतो भएको जस्तै नेपाली राजनीतिमा यी तीन दलको मिलेमतो छताछुल्ल छ। चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरण, पशुपतिको सुनको जलहरी प्रकरण, शिविर घोटालादेखि ललिता निवास काण्ड, ओम्नी, वाइडबडी काण्ड सबका–सबमा तीन दलको तैँ चुप मैचुपको विषय लुकाएर लुक्न सक्दैन।

अहिलेको ताजा उदाहरण हेरौँ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा पशुपतिमा सुनको जलहरी लगाउनेबेला घोटला भएको प्रकरण बाहिर आएको छ। महालेखा परीक्षकको कार्यालयलेसमेत प्रश्न उठाएको यस विषय संसदमा उठेपछि एमालेको आक्रोश बढेको छ।

एमालेले संसदमा उक्त प्रकरणमा ओलीको संलग्नता नै नभएको भनेर शुक्रबारको संसद बैठक अबरुद्ध गर्‍यो। ओलीमाथि आरोप लागेपछि शनिबार बिहानै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा तीन ठूला दलको बैठक बस्यो।

तीन दलका नेताहरूको बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

एमाले अध्यक्ष ओली, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवालगायतको बैठकपछि ओलीलाई चोख्याउन प्रचण्ड सहमत भएका छन्। एमालेले संसद बैठक अवरुद्ध नगर्ने सहमति भएको छ।

सुनको जलहरीको विषयले नागरिक तहमा आक्रोश सिर्जना गरेको छ। छानबिन हुनुपर्ने माग उठिरहेको छ। तर तीन दलको मिलिभगतमा यो घटनालाई सामसुम पार्ने गरी सिंहदरमा चलखेल भएको कुरा लुकेको छैन।

यति मात्रै होइन, तीन दलको मिलिभगत भुटानी शरणार्थी प्रकरणमा पनि छताछुल्ल छ। एमाले र काँग्रेसका ठूला नेताको संलग्नता देखिएपछि छानबिनलाई प्रभावित पार्ने गरी प्रधानमन्त्री प्रचण्डसँग ओली, देउवाको भेट लगातार भएकै छ।

जसको परिणाम भुटानी शरणार्थी प्रकरणमा नाम जोडिदासमेत काँग्रेस सभापति देउवा पत्नी आरजु देउवा राणा, पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँण, एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’र उनकी श्रीमती नैनकला थापा, एमाले अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको नाम जोडिदाँसमेत उनीहरुमाथि छानबिन हुन सकेको छैन।

जसरी टुल्की फिल्ममा तीन भाइले ‘टुल्की’लाई बारअनुसार बाँडिचुडी लुट्छन्। त्यसै प्रकृतिको नेपालका तीन दललले पालैपालो सिंहदरबारमा बसेर लुट मच्चाइरहेका छन् भन्दा अशोभनीय हुँदैन। तीन दलको मिलिभगत यतिमा मात्रै छैन। गम्भीर प्रकृतिको अपराधमा संलग्नलाई उन्मुक्ति दिनेसम्मको खेल चलिरहेकै छ।

मजदुरलाई जिउँदै इट्टाभट्टामा पोल्ने काँग्रेस नेता महमद् अफ्ताव आमललाई जोगाउन खोजेको धेरै भएको छैन। अहिले टिकापुर हत्या काण्डमा सजाय भोगिरहेका रेशम चौधरीदेखि एमालेका निलम्बित फरार सांसद लक्ष्मी महत्तो कोइरीलाई बचाउन चलखेल भइरहेकै छ।

टुल्की फिल्ममा देखाइएको बहुपति प्रथाले न तीन भाइ रहन्छन्, न ‘टुल्की’ नै बाँच्न पाउँछिन्। उनीहरुको वंश पूर्णरुपमा नष्ट हुन्छ। बहुपति प्रथाले निम्त्याएको कलह, शोषण, दमनले एक घर उजाडिन्छ।

टुल्की फिल्मको मिलिभगतको लुटले एक घरको नष्ट भएको जस्तै नेपाली राजनीतिमा यी तीन पात्रको पनि अवसान नहोला भन्न सकिँदैन। गणतन्त्र स्थापनाको डेढ दशकमा नेपालको विकास निकै सुस्त गतिमा हुनु नागरिकको अपेक्षाविरीत छ।

भ्रष्टीकरण भएको राजनीतिले गर्दा अपेक्षाअनुसार नागरिकको आकांक्षा पूरा हुन सकेको छैन। सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको छैन। बाह्य–आन्तरिक ऋण बढ्दै गएको छ। ठूला विकास आयोजनाको निर्माणले गति लिन सकेको छैन। एउटा भ्रष्टाचारको फाइल खोल्दा राजनीतिज्ञदेखि कर्मचारीको चिल्लीबिल्ली हुने अवस्था छ। यसले भाली ‘टुल्की’ परिवारको अवसान जस्तै राजनीतिक दलको अवसान पनि नआउला भन्न सकिन्न।

प्रकाशित: २०८० जेठ १३ गते शनिवार ०२:५८
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना