२०८३ कार्तिक १२ गते बुधबार

वाम एकताबारे ओली-प्रचण्डबीच जुहारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ३
oli_prachanda

काठमाडौँ- नेपालका कम्युनिस्ट कित्ताका वामपन्थी दलहरू एक आपसमा मिलेर जानुपर्छ भन्ने विषयमा हुने बहस नयाँ छैन। यदाकदा वामपन्थी दलबीच एकता पनि हुने गरेको छ। तर जति पटक वामपन्थी भनिने कम्युनिस्ट दलहरू मिल्छन् त्यो भन्दा धेरै पटक विभाजन हुने रेकर्ड छ। भरसक हुनै गाह्रो वाम एकता भइहाले पनि सत्ता र व्यक्तिगत स्वार्थ केन्द्रित हुँदा लामो समय टिक्न नसक्ने गरेको पनि देखिएको छ।

२०७४ को निर्वाचनभन्दा केही समयअघि दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्र मिलाएर नेकपा बनाइएको भएपनि त्यो एकता व्यक्तिगत स्वार्थ र सत्तालिप्सामा गएर टुंगिएको थियो। दुई दल मिलेर बनेको नेकपा टुक्रिएर तीन दलमा परिणत भयो। त्यसपछि पनि वाम एकताका विषयमा समयसमयमा चर्चा हुने गरेको छ। त्यसका लागि बाह्य दवावमा आन्तरिक प्रयास पनि भएको कुरा बहसमा आउने गरेको छ। तर साना-साना दल नै एकतामा आउन नसक्ने नेपाली कम्युनिस्ट वृत्तमा ठूलै घटना पछि मात्र एकता हुन सक्ने देखिएको छ।

खासगरी नेपालको छिमेकी देश चीनको सत्तामा रहेका नेताहरू नेपालमा स्थिर सरकार बनोस् र त्यससँगका सम्बन्धमा पनि स्थिरता होस् भन्ने चाहन्छ। स्थिरतका साथै नेपालमा कम्युनिस्ट कित्ता नै सत्तामा पुगोस् भन्ने सदाशयता रहेको पनि नेपाली कम्युनिस्टले बुझ्दै आएका छन्। नेकपाकालमा तत्कालीन प्रधानमन्त्रीसमेत नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाएन तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले पटकपटक प्रयास पनि गरेकी थिइन्। तर उनी सफल हुन सकिनन्। यान्छी प्रयास विफल बने पनि चीनले नेपालमा कम्युनिस्टहरू एक ठाउँमा आउनपर्छ भन्ने सन्देश दिएर त्यसका लागि प्रयास पनि गर्दै आएको छ।

एमाले नेताबाट दुई पटक राष्ट्रपति बनेपछि फेरि एमालेकै राजनीतिमा आउने उपयुक्त बाटो कुरेर बसेकी विद्यादेवी भण्डारीलाई अघि सारेर नेपालमा वाम एकता हुन सक्ने चर्चा पनि हुने गरेको छ। तर यो विषय सार्वजनिक रूपमा कुनै पनि नेताहरूले बोलिहालेका छैनन्। त्यसका लागि नेकपाकालमा ओलीसँगको एकता टुटेपछि पनि धेरै पटक वाम एकताका लागि प्रयास भएको स्वयं प्रचण्डले नै बताइसकेका छन्। तर अब वाम एकताको एजेन्डा बोकेर आफू नहिँड्ने कुरा प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जिल्लामा पुगेर बोलेका छन्। कतिययले भने देउवालाई फकाएर ओलीलाई सत्ताबाट निकाल्नका लागि प्रचण्डले त्यस्तो भाषण गरेको विश्लेषण गरेका छन्। प्रचण्डले एमालेसँग तत्काल एकताको सम्भावना नभएको दाबी गरेका थिए। २०८४ को निर्वाचनअघि नेकपा एमालेसँग एकताको कुनै सम्भावना नभएको उनको जिकिर थियो।

‘नराम्रोसँग धोका खाइयो। पार्टीलाई मात्र होइन, जनतालाई पनि धोका दिइयो। त्यसकारण इनफ इज इनफ। अहिले तत्काल त्यो सम्भावना छैन। २०८४ को चुनावसम्म त्यस्तो सम्भावना छैन,’ प्रचण्डले भने, ‘हामीले पहिल्यै वामपन्थी एकता होस् भनेर चाहना राखेकै हो। प्रस्ताव गरेको पनि हो। भएको पनि हो। तर त्यो तोडियो। फेरि पनि एकपटक हुन्छ त भनेर बल गरेको हो।’

प्रचण्डले अहिले आफ्नो ध्यान सरकारतिर नभएको जिकिर गरेका छन्। सरकार उल्टो बाटोमा हिँडिरहेको र सुशासन भत्काउनेतिर गइराखेकाले खबरदारी जारी राख्ने उनको भनाइ थियो।

प्रचण्डले सरकारले गतल काम गरेको दोषारोप आफूमाथि थोपर्ने प्रयास गरिरहेको ठहर गरेका एमाले अध्यक्षसमेत रहेका ओलीले पनि उल्टै प्रचण्डमाथि आरोप लगाउने गरेका छन्। सही विचारविना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताइदिएका हुन्। ओलीले प्रचण्डलाई एकतामा ल्याउन नसक्ने र उनको विचार पनि सही नभएको आरोप लगाएका हुन्।

एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि सही विचार (ओलीको आफ्नै दृष्टिकोण?)मा सहमत गराएर मात्र पार्टीमा ल्याउने नीति लिइने पनि संकेत गरे।

‘सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा इतिहासदेखि नै देखा पर्दै आए। खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो। पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ,’ अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पनि पुग्ने गरी भने, ‘पार्टी प्रवृत्ति भने सही धारमै जान खोज्दै आयो। मदन भण्डारीको अगुवाइमा ल्याइएको जनताको बहुदलीय जनवादको विचारले कम्युनिस्ट निरङ्कुश हुन्छन् भन्ने हामीमाथिको आरोपलाई खण्डन गर्‍यो। यो विचार राजनीतिक लोकतन्त्रका लागि मात्र होइन। आर्थिक र सामाजिक तथा मानव अधिकारका प्रश्नमा समेत राष्ट्रिय नीतिका रुपमा स्थापित भइसकेको छ। यसै जगमा हामीले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी लाग्नुपर्नेछ।’

देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरुले कहिल्यै नछोडेको ओलीको भनाइ थियो। आफूहरुको नेतृत्वमा सरकार रहेकाले राजतन्त्र फर्काउने प्रतिगमनको प्रयास असम्भव र अस्वीकार्य भएको पनि उनको भनाइ थियो।

एमालेमा आफ्नो नेतृत्वलाई बदनाम गरेर पार्टी ढाल्न अनेक षड्यन्त्र गरेको आरोप पनि उनले माधव नेपाल र प्रचण्डमाथि लगाए। आफ्नाविरुद्ध हुने हरेक परिस्थितिको सामना गर्न तयार रहेको उनको जिकिर छ।

विगतमा आफूले सरकारको नेतृत्व गर्दा पार्टीभित्रकै विग्रहवादी तत्वका कारण सरकार ढाल्ने र अदालतको आदेशबाट सरकार गठन गराउने गलत अभ्यास भएको पनि उनले दुखेसो पोखेका थिए।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, आश्रित पत्नी माया ज्ञवालीलगायत सहभागी थिए।

पछिल्लो समय भण्डारीले एमालेमा सक्रियता बढाएको र नेताहरूलाई आफ्नो कित्तामा तान्ने प्रयास गरिरहेका बेला भण्डारी-ओलीले मञ्च सेयर गरेका हुन्। वाम एकताका लागि आफू सक्रिय राजनीतिमा आउन सक्ने कुरा भण्डारी निकटस्थहरूले बताउने गरेका छन्।

प्रकाशित: २०८२ जेठ ३ गते शनिवार १०:०८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना