काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जलहरीका विषयमा प्रमुख प्रतिपक्षका नेतालाई जोडेर विचार व्यक्त गर्ने उचित नहुने बताएका छन्। यस्ता विषयमा रेकर्डबाट हटाउने प्रचलन पनि रहेको उनले बताएका थिए।
‘जलहरीका विषयमा प्रमुख प्रतिपक्षका नेतालाई जोडेर विचार व्यक्त गर्ने उचित होइन। यस्ता विषय रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ,’ प्रचण्डले भनेका थिए।
‘श्रीपशुपतिनाथ मन्दिरमा राखिएको जलहरीबारे सदनमा चर्चा उठेको छ। पशुपति मन्दिरको क्षेत्राधिकार पशुपति क्षेत्र विकास कोषको हो। सोही संस्थाले काम गरेको विषयमा विवाद छैन,’ उनले भने, ‘यस विषयबारे अख्तियारले अनुसन्धान गरिरहेको छ। यस विषयमा आयोगले निष्पक्ष छानबिनमा सहयोग गर्नेछ।
यसपछि सभामुख देवराज घिमिरेले उक्त भनाइ संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका थिए।
यसपछि प्रतिनिधि सभा बैठक सञ्चालन भएको छ। शनिबारै आगामी आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ। त्यसअघि प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नका विषयमा जवाफ दिने कार्यसूची छ।


