बनेपा- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको काम चलिरहेको छ। सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी यो सडक दुई खण्डमा विभाजन गरेर विस्तारको २४ पुस २०७९ बाट सुरु भएको हो।
३६ महिनाभित्र सम्पन्न गर्नेगरी काम सुरु गरिएको यो आयोजनाको काम सुस्त भएकाले म्यादभित्र सकिनेमा शंका छ।
सडक विस्तारका लागि ७.५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा-धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी ६ लेनको सडक विस्तारको काम बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ।
स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे भएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


